डलर साटिदिने भन्दै ५ लाख रुपैयाँ ठगी

भक्तपुर, असोज ९ । डलर साटने भन्दै काठमाडौं धापासी बस्ने गोरखा मसेल गाउँपालिका-९ घर भएका ३० वर्षीय सुदर्शन थापाको साथबाट नगद ५ लाख रुपैयाँ ठगी भएको छ ।

सुजन नाम बताउने पुरूष समेत ३ जनाले डलर साट्ने भनी थापालाई सूर्यबिनायक नगरपालिका-२ बालकोटस्थित रोज भिलेजमा बोलाई उनको साथमा रहेको नगद लिई कालो निलो बुट्टे रुमालभित्र खैरो प्लाष्टिकमा सेतो कागजको टुक्राको पोको दिई हाल नम्बर नखुलेको मोटरसाइकलमा फरार भएको बताइएको छ ।

प्रहरीले ठगि गरि फरार ब्यक्तिहरुको ब्यापक खोजीको लागि परिपत्र समेत गरेको छ । फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *