६ चैत्र २०७९, सोमबार / Mar 20, 2023

कोरनाबाट बरिष्ट हार्डजोर्नी बिशेषज्ञ सापकोटाको निधन

सुशासन खबर
१५ आश्विन २०७७, बिहीबार १३:३१
1146 Views

कर्णाली प्रदेश अस्पतालमा कार्यरत बरिष्ट हार्ड जोर्नी बिशेषज्ञ डाक्टर हरी सापकोटाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । डा. सापकोटाको उपचारको क्रममा नेपालगञ्जमा बिहीबार दिउँसो मृत्यु भएको हो ।
भदौ ३१ गतेदेखि कोभिड अस्पताल कालागाउँ मा उपचारका लागि बसेका सापकोटाको स्वास्थ्य सुधार नभएकोले थप उपचारको लागि यही असोज २ गते भेरी अञ्चल अस्पताल नेपालगञ्ज लगिएको थियो । उनको उपचारको क्रममा बिहिबार दिउँसो ३ बजेतिर मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
“१४ वर्ष देखि तत्कालिन क्षत्रिय र हालको प्रदेश अस्पतालमा कार्यरत सापकोटाको निधनले अस्पताल परिवार स्तव्ध भएको कर्णाली प्रदेश अस्पतालका मे.सु डम्बर खड्काले बताए । ५९ वर्षीय सापकोटाले नै तत्कालिन क्षेत्रीय अस्पताल हुँदा हाड जोर्नी सम्बन्धीको सल्यक्रिया सेवा शुरु गरेको खड्काले जानकारी दिए । उहाँ निमित्त मे.सु.को रुपमा कार्यअनुभव बटल्नु भएको थियो ।यो क्षेत्रको स्वास्थ्यको विकासका लागि उहाँको योगदान अबिस्मरणिय रहेको छ ।”

डा.सापकोटाको निधनको बिषयमा थप जानकारि लिन स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका निर्देशक डा. रविन खड्कासँग बुझ्दा “कोभिडको संक्रमणबाट हामीले हाम्रा अभिभावक गुमाएको छौ यो घटनाले देशकै लागि अपूरणिय क्षती भएको उल्लेख गर्दै कोरानालाई हल्का रुपमा नलिइ सजग हुन आग्रह समेत गरेका छन् ।”

Latest समाचार