प्रगतिशिल इन्जिनियरिङ एसोसियसन नेपाल (PEAN) दैलेखमा सैलेश शर्मा

नेपाल कम्युनिष्ट पार्टी निकट भातृ संगठन पिन दैलेखमा सैलेश शर्माको अध्यक्षतामा गठन भएको छ । प्रगतिशिल इन्जिनियरिङ एसोसियसन कर्णाली प्रदेश सचिवालय सदस्य महेश कुमार ढुङगानाको अध्यक्षतामा शर्माको अध्यक्षतामा २१ सदस्य कार्य समित गठन भएको छ । उक्त समति कार्तिक ६ गते पिन कर्णाली प्रदेशले अनुमोदन गरि घोषणा गरेको थियो ।

इन्जिनियरहरुको हक हितका लागि यो संगठन बिस्तार गरेको पिन कर्णाली प्रदेश सचिवालय सदस्य महेश ढुङगानाले सुशासन खबरलाई बताए । दैलेखमा कार्यरत रहेका र आफ्नो पेशा ब्यबसाय गरी बसेका इन्जिनियरहरुका पिर मर्काहरुलाई आफ्नो पिरमर्का सम्झि पेशागत हक हितका गतिबिधी संचालन गरेने अध्यक्ष शर्माले बताए ।

पिन कर्णालीले दिएको जिम्मेवारीहरुलाई इमान्दारिताका साथ कार्यन्वयन पक्षमा जाने प्रतिबद्धता समेत अध्यक्ष सैलेश शर्माले ब्यक्त गर्नु भएको थियो ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *