बजाज कम्पनीको मोटरसाइकल चलिरहेको अबस्थामा आगलागी

दैलेख नारायण नगर पालिका वार्ड नं. ९ मा गुडिरहेको आर.एस. २०० सि.सि.को बजाज कम्पनीको मोटरसाइकलमा आगलागी भएको छ ।

दैलख महाबु गाउ पालिका १ बस्ने गोकुल थापा बा.७० प १६१९ नं.को मोटरसाइकलमा सुर्खेत देखी दैलेख तर्फ आउदै गर्दा नारायण ९ स्थित मौलाडाडा नजिक चलिरहेको अबस्थामा एक्कासी इन्जिनमा आगलागी भई मोटरसाइकल पुर्णरुपमा क्षती भएको छ । चालक थापा सकुसल रहेको जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख अनुपम श्रेष्ठले बताए ।

यस अघि पनि बजाज कम्पनीको मोटर साइकल दैलेख सुर्खेत सडक खण्डमै एक्कासी इन्जिनमा आगलागी भइ क्षेती भएकोले बजाज मोटरसाइकलमा मात्र यस्तो समस्या देखिएकोले बजाज कम्पनीका मोटर साइकलमा सवार गर्न डराउनु पर्ने भएको एक स्थानिएले बताए ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *