जोडघटाउमा कांग्रेसको शिर गन्ने काम छोड्दा हुन्छ । प्रबक्ता बिश्वप्रकास शर्मा

काठमाडौं। सत्तारुढ दल नेकपामा विवाद चर्किरहेका बेला काँग्रेस सभापती शेरबहादलुर देउवा र प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेको खबर बाहिर आएपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेस नेकपाको विवादमा निरपेक्ष रहेको बताएका छन्।

उनले आइतबार ट्वीट गर्दै “भ्रम  कोहि कसैलाई केही छ भने  ५ बर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ । कांग्रेसलाई ,अत ःकुनै पनि भड्कावबाट टाढा छौं,रहनेछौं । नेकपाको द्वन्द्वसंग विलकुल निरपेक्ष छौं ।अत यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहिबाट नहोस्, सजग गराउंदछौं ” ।

सत्तारुढ नेकपा विभाजन हुँदा कुनै गुटलाई काग्रेसको समर्थन रहने चर्चा हुँदै आएको बेला प्रवक्ता शर्माको यो भनाई आएको हो। नेकपामा भएको बिबादमा काँग्रेसको कुनै पनि स्वार्थ नरहेकोले कांग्रेसलाई सरकारमा जान हतार नभएको र जनताको जनादेश पनि प्रतिपक्षमा रहने रहेकोले यता उताको जोड घटाउमा कांग्रसको शिर गन्ने काम छोड्न आग्रह समेत गरेको छन ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *