शेखर जिले आफू बसेको जमिन हल्ले पछि मात्र थाह पाउनु भो : चन्द्र ढकाल

काठमाडौ ।बागलुङको सामान्य परिवारमा जन्मिएका चन्द्रप्रसाद ढकाल अहिले मुलुककै सफल उद्योगीका रूपमा परिचित छन्। ढकालले देशकै पहिलो रेमिटेन्स कम्पनी आइएमईमार्फत औपचारिक रूपमा विप्रेषण भित्र्याएर अर्थतन्त्रलाई बलियो बनाउन सघाए। आइएमई ग्रुपका अध्यक्ष रहेका ढकालले ग्लोबल आइएमई बैंक, आइएमई जनरल इन्स्योरेन्स, आइएमई लाइफ हाथवे इन्भेस्टमेन्ट, आइएमई कोअपरेटिभ, चन्द्रागिरि हिल्स, आइएमई अटोमोटिभ्स, हिमालय पावर पार्टनर्स, माउन्टेन इनर्जी, शंकर अक्सिजन लगायतका डेढ दर्जनभन्दा बढी व्यवसायिक संस्थाको नेतृत्व गरिरहेका छन्।

सरकारले दिने महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआइपी) समेत उनले पाएका छन्। सेल्फ मेड म्यानका रूपमा व्यवसायिक साम्राज्य खडा गरेका ढकाल नेपाल उद्योग वाणिज्य महासंघको मंसिर १३ गते हुने साधारणसभामा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। महासंघको कार्यकारी सदस्य हुँदै एशोसिएट उपाध्यक्ष रहेका ढकाललाई सुशासन खबरले सोध्यो – कोभिड-१९ का कारण महासंघको निर्वाचन सात महिना ढिला हुँदैछ। निर्वाचनको यो जोडघटाउमा तपाइँको अवस्था कस्तो पाउनुहुन्छ?
देशभरका मतदाता साथीहरुको शुभेच्छा र मेरो आफ्नो असेस्मेन्टलाई हेर्दा हाम्रो टीमले सहज विजय प्राप्त गर्छ भन्ने मैले देखिरहेको छु। फेरि पनि नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत जिल्ला-नगर उद्योग वाणिज्य संघ, एशोसिएट सदस्य तथा वस्तुगत संघ, द्विराष्ट्रिय संघका मतदाता साथीहरुको मतदानको अधिकारलाई भने म सम्मान व्यक्त गर्दछु।

यो बीचमा हामीले देशभरमा छरिएर रहेका जिल्ला उद्योग वाणिज्य संघका लगभग सबै साथीहरुलाई भेट्यौं। कोभिडको यो अप्ठ्यारो बीच पनि हामी पश्चिम नेपालदेखि पूर्वसम्म पुग्यौं। त्यहाँ देशभरबाट आउनु भएका साथीहरुले जुन प्रेरणा दिनुभयो, जुन हौसला प्रदान गर्नुभयो र त्यसले हाम्रो टीमलाई उत्साहित बनाएको छ। हाम्रो जित भनेको सम्पुर्ण ब्यबसायी हरुको हक हितको जित भएकोले हामिलाइ बिजयी गराउन अपिल समेत गर्नु भयो

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *