देशकै ठुलाे अस्पताल बिर अस्पतालकाे गेटमा पाेखरी

नेपालकाे राजधानी भित्र रहेका रत्नपार्क नजिकै रहेको वीर अस्पताल अगाडिको दृश्य देख्नुभयो भने महानगरका पदाधिकारी तथा कार्यन्वयन गर्ने कमचारी भन्दा बाटाेमा हिड्ने पैदल यात्री तथा सवारी साधनमा हिड्नेलाइ आम नागरिकलाई  लाज लाग्छ ।

न यो बर्खा हो न  त लामो समयदेखि पानी नै परेको छ । तर, नेपालको सबैभन्दा पुरानो अस्पतालको मूल गेटमै पानी जमेर आहाल बनेको छ । वीर अस्पतालसहित आसपासको क्षेत्रबाट आउने ढल फुटेर सडकमा पोखरी जमेको हो ।

हप्ता दिन भन्दा बढी बितिसक्दा पनि महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले यो आहाल नदेखेको हैन । यहाँ दिनमा दर्जर्नौं पटक सहरी सुव्यवस्थाका लागि खटिएका नगरप्रहरी आवात–जावत गर्छन् । तर, यो ढलको व्यवस्थान गर्न न महानगरपालिकाले चासो दिएको छ न केयूकेएलले नै ।

सडकमा यस्तो समस्या आउँदा काठमाडौं महानगरपालिकाले समन्वय गरेर छिटो समाधानमा जोड दिनुपर्ने हो । तर, महानगरपालिका यो काम आफ्नो क्षेत्राधिकार भित्रको नभएको भन्दै पन्छिएर बसेको छ । महानगरकाे अकर्मणयताका कारण समयमै काम हुन नसकेकाे स्थानिय बासिन्दा बताउछन ।

सडकमा ढल जमेकाले सडक विभागले पनि यसमा चासो देखाउनुपर्ने हो । तर, सरोकारवाला निकायले पनि यो ढलको पोखरी देखेर पनि नदेखेकाे जस्ताे गरेका  छन् ।

त्यसका कारण स्थानीय क्षेत्रमा कोरोनासहित अन्य रोग संक्रमण फैलिने जोखिम छ । अझ अस्पतालजस्तो सरसफाई चुस्त राख्नुपर्ने क्षेत्रमा ढल खुल्लै सडकमा बगिरहँदा अस्पतालमा आएका बिरामी र कुरुवा आफन्त थप जोखिममा छन् ।

यो अस्पतालमा कोभिड–१९ संक्रमितको पनि उपचार हुन्छ । त्यहाँबाट निस्किएको ढल सिधै सडकमा आइपुगेको छ । त, त्यही ढलबाट स्थानीयबासी र पैदलयात्रु सास्तीपूर्ण तवरले बाटो काट्छन् ।

सवारी साधन ढलको पोखरीबाट पानी छ्याप्दै ओहोर–दोहोर गर्छन् । तर, यो ढलको व्यवस्थापन गर्न कसैले चासो दिएको छैन ।

काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपाली सडक खनेर ढल बनाउनुपर्ने हो भने काम आफूहरूले सहजै अनुमति दिने बताउँछन् । तर, सम्बद्ध निकायले छिटो काम गर्न चासो नदिएको उनको गुनासो छ । ‘बाटो पनि बिग्रन लागिसक्यो,’ उनी भन्छन्,‘सडकमा ढल बग्दा जनताको स्वास्थ्यमा पनि जोखिम बढेको छ ।’

केयूकेएलका ढल माहाशाखाका प्रमुख अर्जुनबाबु ढकाल भने वीर अस्पताल भित्रैको ढल प्रणालीका कारण सो ढल सडकमा निस्किएको बताउँछन् । ‘केही समयअघि जेटर लगाएर फ्लसिङ गरेका थियौं, तर, महाकांल हुादै आउने ढलको बाटो पत्ता लगाउन सकेका छैनौं,’ उनी भन्छन्, ‘अब वीर अस्पतालकै कम्पाउन्डबाट नयाँ ढल राखेर हेर्छौं ।’

उनले बर्खायामदेखि नै सो स्थानको ढल प्रणालीमा समस्या देखिएको बताए । फ्लसिङपछि समस्या केही समय हटेपनि फेरि दोहोरिएको उनले बताए ।

‘भोलि नै आवश्यक काम गर्न इन्जिनियर पठाउँछु,’ उनी भन्छन्, ‘हिजो मात्रै वीर अस्पतालबाट यसबारे जानकारी आएको थियो ।’

 

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *