काठमाडौँ — सत्तारूढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तुरुन्त फिर्ता लिन माग गरेका छन् । नेता नेपालले पार्टीलाई अन्धकारमा राखेर जारी भएको अध्यादेश तुरुन्त फिर्ता लिनुपर्ने बताएका हुन् ।
मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा संवैधानिक परिषद्को बैठक गर्न सक्ने गरी अध्यादेश जारी गरेकी थिइन् ।
अध्यादेश जारीपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नेपालसहित सचिवालयका पाँच नेता छलफलमा जुटेका थिए ।‘अध्यादेश जुन ढंगले जारी भएको छ त्यो बेठीक भयो । उहाँले पार्टीलाई पनि अन्धकारमा राखेर अध्योदश ल्याउनु भयो । पहिला पनि पार्टीले यसो गर्न हुँदैन भन्दा भन्दै गर्नु भएको छ,’ नेता नेपालले सुसासन खबरलाइृ जनकारी िदए अनुसार ” सुन्नमा आए अनुसार मन्त्रिपरिषद्को बैठकमा पनि यसबारे केही मन्त्रीहरुलाई थाह छैन । यो तरिका बेठीक हो । उहाँले अध्यादेश तुरुन्त फिर्ता लिनु पर्छ ।” भन्नु भाे ।
नेता नेपालले अध्यादेश प्रकरण भोलिको स्थायी कमिटी बैठकको विषय बन्ने बताए ।