पत्रकार डेकेन्द्र थापाको हत्याका अर्का फरार अभियुक्त पक्राउ 

दैलेख। पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न रहेको अभियोग ठहर भएका एकजना फरार अभियुक्तलाई दैलेख प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैलेखको नौमुले गाउँपालिका–३ द्वारीका ५८ वर्षीय हरिलाल पुन रहेको प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले सुशासन खबरलाई जानकारी दिनु भयो । प्रहरीले सोमबार निजकै घर नाैमुले गाउपालीका वार्ड न‌‍ ३ दैलेखबाट पक्राउ गरेको थियो ।

पत्रकार थापाको हत्यामा संलग्न ९ जना अभियुक्त मध्ये पुनलाई पक्राउ गरि मंगलबार जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतको आदेशपछि जिल्ला कारागार दैलेखमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

जिल्ला अदालत दैलेखको २१ मंसीर २०७१ को फैसलाले पुनलाई २ वर्ष कैद सजाय तोकेको थियो। तत्कालीन न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले पुनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनी १ वर्ष ७ महीना १ दिनमा साबिक पुनराबेदन अदालत हालको उच्च अदालत सुर्खेतमा बन्दिप्रत्यक्षीकरण रिट दायर गरेर उच्च अदालतको आदेशमा थुना मुक्त भएका थिए ।

उच्च अदालत सुर्खेतको आदेशमा उनी थुनामुक्त भए पनी जिल्ला अदालत दैलेखका तत्कालिन न्यायाधीश  श्रेष्ठकै इजलासले २ वर्ष कैद सजाय तोकेपछि उनी फरार भएका थिए।

४ महीना २९ दिन कैद भुक्तान गर्न बाँकी रहेका पुनलाई अदालतको पत्रपछि पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख, डीएसपी अनुपम श्रेष्ठले बताए। पत्रकार थापाकी श्रीमती लक्ष्मी थापाले जिल्ला प्रहरी कार्यालय दैलेखमा कर्तव्य ज्यान मुद्दामा तत्कालीन ९ जना माओवादी कार्यकर्ता विरुद्ध किटानी जाहेरी दिएकी थिइन्।

जस मध्ये किटानी जाहेरीमा उल्लेखित अभियक्त मध्ये ६ जना पक्राउ परी ४ जनाले अदालतले तोकेको कैद सजाय भुक्तान गरी सकेका छन, भने बाँकी ३ जना हाल सम्म पनी फरारको सुचीमा रहका छन् । पत्रकार थापालाई तत्कालीन माओवादी कार्यकर्ताले २७ साउन २०६१ मा नौमुले गाउँपालिका–३ द्वारीमा हत्या गरी खाल्डोमा गाडेका थिए।

Posted in Uncategorized

Notice: Undefined offset: 0 in /home/sushasan/public_html/wp-content/themes/public-news/single.php on line 33

Notice: Trying to get property 'term_id' of non-object in /home/sushasan/public_html/wp-content/themes/public-news/single.php on line 33

Leave a Reply

Your email address will not be published. Required fields are marked *