वैशाख अन्तिम साता मध्यावधि चुनाव गर्न प्रस्ताव

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाखको अन्तिम साता मध्यावधि निर्वाचन गर्न प्रस्ताव गरेका छन्।

संसद विघटनका लागि मन्त्रिपरिषदको सिफारिससँगै निर्वाचनको मिति समेत तोकेर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएका थिए।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले वैशाख २९ गते चुनाव गर्ने मिति राखेका छन्। निर्वाचनको मिति तोकिएको भए पनि आधिकारिक मिति सार्वजनिक नभएको प्रधानमन्त्री निकट स्रोतले सुशासन खबरलाई बतायो।  स्रोतका अनुसार वैशाख २३ र २९  चुनाव गर्नेबारे छलफल भएको थियो।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *