जिल्ला अस्पताल दैलेखमा ५ दिन देखि एक्सरे सेवा बन्द लगायत बिभिन्न अनियमितता

दैलेख । जिल्ला अस्पताल दैलेखमा ५ दिन देखी एक्सरे नहुदा सेवाग्राही लाई सास्ती भएको छ । अस्पतालमा एक्सरे मसिन बिग्रेकोले  एक्सरे सेवा लिन नसकेको एक सेवा ग्राहीले सुशासन खबरलाई बताएका छन् ।

“अस्पतालमा ३ वटा अत्याधुनिक एक्सरे मेसिन पुरानै मौजदात हुदा हुदै क्याटलक प्रक्रियाबाट देउती सर्जिमेड प्रा.लि. नेपालगंजसँग १,३२७,०००। भ्याट बाहेक रकममा ठेक्का सम्झौता गरि असारमा अर्को एक्सरे मसिन खरिद गरी संचालनमा रहेकोमा ५ महिना नबिद्दै उक्त मेसिन बिग्रेकोले ५ दिन देखी सेवाग्राहीलाइ सेवा दिन नसकेको रेडियोलोजी दिपक कार्किले सुशासन खबरलाई बताए ।”

“हाल सालै खरिद भएको मेसिन भन्दा पहिल्यै अस्पतालमा रहेको मसिन गुणस्तिरिय भएको र उक्त मेसिन सामान्य रुपमा बिग्रिएको हुँदा सामान्य खर्चमै मर्मत गर्न सकिने भएता पनि मर्मतको लागि अस्पताल प्रमुख डा. निरन्जन पन्तले कुनै पहल नगरेकोले उक्त मेसिन एक्सरे भवनमा बेसाबुत भइ रहेको नाम नबताउने सर्तमा एक कर्मचारीले सुशासन खबरलाई जानकारी दिएका छन् ।”

अस्पताल प्रमुख पन्तले कोभिड १९ को महामारीले गर्दा भएको लकडाउनको बेलामा अस्पतालमा बिशेषज्ञ बिनानै कमिसनको लागि आइ सि.यु कक्षका सामाग्रीहरु पनि क्याटलक प्रक्रियाबाटै खरिद गरेको र उक्त सामान हाल प्रयोग बिहिन छन् ।

अस्पतालमा भर्ना भएका केही बिरामीहरुलाई हाइ केयर युनिट लगायत आइ सि.यु. कक्षमै भर्ना गरी उपचार गर्नु पर्ने भएता पनि उक्त कक्षमा भर्ना नै नगरी रिफर गर्ने गरेकाे जन गुनासाे अाएकाे छ ।

नि‍‍‍.अस्पताल प्रमुख प्राइभेट क्लीनिकमा दिनको १२ बजे सम्म बस्ने र अस्पतालमा आए पनि ओ.पि.टी.मा नबस्ने गरेको सेवा लिन अाउने  बिरामीहरुले  जानकारी जानकारी दिएका छन् ।

साथै अस्पताल प्रमुख बिभिन्न सल्यक्रिया गर्ने भएकोले र अन्य चिकित्सकको पनी उक्त सल्यक्रिया गर्न सक्ने क्षमता भएता पनि निज प्रमुख बिदा वा कहि कतै जान परे सल्यक्रिया गर्नको लागि बेहोस गराउने बिज्ञलाई समेत अस्पतालबाट बिदा दिने र आफु भन्दा अरु कुनै चिकित्सकले पनि अप्रेशन गर्न नसक्ने खालको बातावरण श्रृजना गरेको अस्पताल प्रमुख पन्त र एनएस थेसिया प्रमुख भोजराजको दैनिक कर्मचारी हाजिरीबाट पनि प्रष्ट हुने जानकारहरु बताउछन् । यस बिषयमा नि अस्पताल प्रमुखलाई बुझ्न खोज्दा फोन रिसिभ नगरेको सुशासन खबर सम्बाददाताले जानकारी दिए ।

Posted in Uncategorized

Notice: Undefined offset: 0 in /home/sushasan/public_html/wp-content/themes/public-news/single.php on line 33

Notice: Trying to get property 'term_id' of non-object in /home/sushasan/public_html/wp-content/themes/public-news/single.php on line 33

Leave a Reply

Your email address will not be published. Required fields are marked *