प्रधानमन्त्रीकाे असंवैधानिक कदम सच्याउन ७७ वटै जिल्लाबाट संविधानको किताब उपहार पठाईदै

प्रतिनिधि सभा विघटन विरुद्ध नेकपाको प्रचण्ड-नेपाल पक्षले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशभरबाट विरोधपत्र र संविधानको किताब बुझाउँदै छन्।

दोस्रो चरणको आन्दोलन अन्तर्गत आज ७७ वटै जिल्लाबाट प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउन लागिएको नेकपा केन्द्रीय संघर्ष समितिका प्रवक्ता तथा नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईले सुशासनलाइ बताए।

“देशका सबै जिल्ला प्रशासन कार्यालय मार्फत संविधानको पुस्तकका साथै प्रधानमन्त्री ओलीलाई आफ्नो असंवैधानिक कदम सच्याउन अनुरोध गरिनेछ ”, उनले भने । प्रचण्ड-नेपाल पक्षको बहुमत अनेरास्ववियूले पनि आजै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र ज्ञापनपत्र बुझाउने कार्यक्रम गर्दै छन्।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *