वृहत् नागरिकद्धारा तेस्रो जनआन्दाेलनकाे घोषणा

काठमाडौं । वृहत् नागरिक आन्दोलनले तेस्रो जनआन्दोलन घोषणा गरेको छ । वृहत् नागरिक आन्दोेलनका तर्फबाट विज्ञप्ति जारी गर्दै युग पाठकले सबैखाले राजनीतिक एवम् साँस्कृतिक प्रतिगमन विरुद्ध तेस्रो जनआन्दोलन घोषणा गरेको बताए ।

शान्तिपूर्ण भेला र मार्चमा भएको प्रहरी दमनले केपी शर्मा ओली नेतृत्वको हताश मनोदशा र दमनकारी चरित्र उजागर गरेको पाठकले बताए । नागरिकले गरेको शालीन र शान्तिपूर्ण अभियानलाई प्रहरीले नै बलजफ्ती मुठभेडमा परिणत गरेको उनको दाबी छ । भेलामा सहभागी नागरिकहरूमाथि प्रहरीले प्रहार गरेको लाठी र पानीको फोहोराबाट दर्जनौँ नागरिकहरू घाइते भएका छन् ।
पाठकका अनुसार घाइतेमध्ये संघर्ष दाहाल, कुमार बर्तौला, सिएन थारु, स्वर्णिम दिनेश, राम नरेश यादव, प्राध्यापक रमेश भट्टराई लगायतको काठमान्डु मोडल अस्पताल, हेल्पीग ह्यान्ड्स र हिमाल हस्पिटलमा उपचार गरिएको छ । गम्भीर घाइते भएका निर्गराज जैसी, जनक ढुङ्गाना, सुरज तामाङ, कुलदिप शर्मा, सुनिल श्रेष्ठ र गोविन्द भण्डारी शिक्षण अस्पतालमा उपचाररत छन् । यो विज्ञप्ति तयार पार्दासम्म जैसीको होस आएको छैन ।


Posted in Uncategorized

Notice: Undefined offset: 0 in /home/sushasan/public_html/wp-content/themes/public-news/single.php on line 33

Notice: Trying to get property 'term_id' of non-object in /home/sushasan/public_html/wp-content/themes/public-news/single.php on line 33

Leave a Reply

Your email address will not be published. Required fields are marked *