श्री ५ को सरकार भनेकाे स्विकार सहित मन्त्री थापाले मागे माफी

खानेपानी मन्त्री  तथा ने‍‍ क पा  कर्णाली पंदेश इन्चार्ज समेत रहनु भएका   मणि थापाले शनिबार  सुर्खेतमा भएकाे ने‍कपा जिल्ला स्तरिय अगुवा कार्यक्रममा   आफूले श्री ५ को सरकार तर्फबाट लालसलाम भनेकोमा क्षमा मागेका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भुलवस ती शब्द प्रयोग भएको बताएका हुन्। उनले लेखेका छन्- शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नु पर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ। आम नेपाली नागरिक, मेरो शुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै द्वुविधा नराखिदिनुहुन अनुरोध गर्दछु। मेरो पुरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु। भुलवस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु।

शनिबार सुर्खेतमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भनेका थिए- सबैलाई म सम्मान गर्न चाहन्छु, जो मञ्चमा आशिन हुनुहुन्छ। र सुर्खेतका आदरणीय जनसमुदायहरू, म सबैलाई नेकपा स्थायी कमिटीको तर्फबाट र श्री ५ को सरकारबाट  ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा म तपाईहरूलाई लालसलाम भन्न चाहन्छु।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनलाई प्रतिगमन भन्दै आन्दोलन भइरहेको छ। यही बेला उनको क्याबिनेटका मन्त्रीले श्री ५ को सरकार भनेको भन्दै सामाजिक सञ्जालमा चर्चा परिचर्चा भएको थियो।

Posted in Uncategorized

Notice: Undefined offset: 0 in /home/sushasan/public_html/wp-content/themes/public-news/single.php on line 33

Notice: Trying to get property 'term_id' of non-object in /home/sushasan/public_html/wp-content/themes/public-news/single.php on line 33

Leave a Reply

Your email address will not be published. Required fields are marked *