बालजु प्रहरीले फोटो पत्रकारको क्यामेरा खोस्यो

उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमीसहित बालाजु प्रहरीले ८ जनालाई प्रकाउ गरेको छ ।

विरोचन श्रेष्ठ, महेश मानन्धर, मीन शाहीलगायतलाई महानगरीय प्रहरी वृत्त बालाजुले पक्राउ गरी हिरासतमा राखेको छ ।

बिहान साढे ९ बजे काठमाडौं महानगरपालिकाले बनाउन लागेको सूचना केन्द्रमा लगाइएको बार अभियन्ताहरूले भत्काएका थिए ।

अभियन्ताहरूले लामो समयदेखि उक्त जग्गाबारे सर्वोच्च अदालतले स्टे अर्डर जारी गरेकाले महानगरपालिकाले तत्काल सूचना केन्द्र निर्माण गर्न नहुने बताउँदै आएका छन् । सर्वोच्चले पनि ०७३ सालमै उक्त जग्गामा कुनै पनि कार्य नगर्नु भन्ने आदेश जारी गरेको थियो ।

अभियन्ता पक्राउ परेपछि वृत्त पुगेकी  खोज सञ्चारका फोटो पत्रकार प्रज्ञा थैबको क्यामेरा पनि प्रहरीले खोसेर राखेको छ ।

थैबले भनिन्, ‘गेटभन्दा बाहिरबाट फोटो खिच्दा प्रहरीले क्यामेरा खोसेको हो । अभियन्ता र प्रहरीबीच रस्साकस्सी चलिरहेको वेला फोटो खिचिरहेकी थिएँ । त्यसवेला प्रहरीले मेरो क्यामेरा खोसिदियो ।’

वृत्तका प्रहरी अधिकृतले सुशासन खबरलाइ दिएकाे जानकारी अनुसार निर्माणाधीन सूचना केन्द्रमा घेरिएको बाँस र टिन अभियन्ताहरूले तोडफोड गरेपछि र मुठभेडको अवस्था आएपछि पक्राउ गरिएको हो ।

Posted in Uncategorized

Notice: Undefined offset: 0 in /home/sushasan/public_html/wp-content/themes/public-news/single.php on line 33

Notice: Trying to get property 'term_id' of non-object in /home/sushasan/public_html/wp-content/themes/public-news/single.php on line 33

Leave a Reply

Your email address will not be published. Required fields are marked *