संसद पुनःस्थापना भएको खुसियालीमा भएका बिभिन्न जुलुसका फोटाहरु

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गरेपछि नेकपा प्रचण्ड–माधव नेपाल पक्षले काठमाडौंमा विजय र्‍याली निकालेको छ ।

काठमाडौंको शान्तिबाटीकामा भेला भएका सो पक्षका नेता कार्यकर्ताले विजय र्‍यालीसहित नगर परिक्रमा गरेका हुन् । र्‍यालीमा नेताहरु अमृत कुमार बोहोरा, जनार्दन शर्मा, पम्फा भुषाल, देव गुरुङ लगायत सहभागी छन् ।

र्याली रत्नपार्कबाट सुरु भएर जमल, घण्टाघर, बागबजार हुँदै पुनः रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर सभामा परिणत हुने तय भएको छ ।

मंगलबार सर्वोच्च अदालतले प्रतिनिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको थियो ।

 

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *