चिकित्सक माथी अभद्र ब्यबहार गर्नेलाई कारबाहीको मागः दैलेख अस्पताल

दैलेख फाल्गुन १३ । मृतकका आफन्तद्धारा चिकित्सकमाथी अभद्र ब्यबहार गर्नुको साथै अस्पताल तोडफोड गरेकोले कारबाहीको माग सहित जिल्ला अस्पताल दैलेखले प्रेस बिज्ञप्ती जारी गरेको छ ।

गत  ११ गते मंगलबार महाबु २ निवासी बर्ष ६५को लता थापा बिरामी भई अस्पतालको आकस्मीक कक्षमा पुर्याउदा निजमा कुनै पनि जिवीतको चिन्ह लक्षणहरु नरहेकोले निजको मृत्यु बाटोमै भएकोले निजलाई अस्पतालले मृत घोषण गरेको थियो ।

उक्त अवस्थामा मृतकका आफन्तबाट आकस्मिक कक्षमा खटिएका स्वास्थ्य कर्मि लगायत चिकित्सक माथी दुब्र्यबहार गर्नुको साथै आकस्मिक कक्षमा हुलइज्जत गरी तोडफोड समेत गरेको थिए । सो सम्बन्धमा अस्पतालले आबश्यक छानबिन गरी कारबाही गरी पाउ भनि यहि १२ गते प्रेस बिज्ञप्ती जारी गरेको छ ।

यस बिषयमा निमित्त अस्पताल प्रमुख डा.जीवन ज्ञावलीसँग बुझ्दा “यस्ता कार्य गुर्न कानुन बिपरित भएकोले यस्तो कार्य गर्नु अमानबिय अमर्यादित रहेकोले यस्ता कार्य गर्नु निन्दनिय रहेकोले अवउप्रान्त नहोस भन्ने उद्देश्यले बिज्ञप्ती निकालेका हौ” भनी सुशासन खवरलाई जानकारी दिनु भएको थियो ।

 

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *