दैलेख सिडियोका चुनौती र हरि प्याकुरेल

१४ गते सुक्रबार गृह मन्त्रालयले बिभिन्न जिल्लामा  प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको थियो । उक्त सरुवाको सुचिमा दैलेख जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा हरि प्याकुरेललाई खटाएको छ ।

प्याकुरेल यस भन्दा पहिले दैलेखमा २०७२ साल देखी २ बर्ष सम्म तत्कालिन जिल्ला बिकास समितको कार्यालयमा स्थानिय बिकास अधिकारीको रुपमा आउनु भएको थियो ।

जिबिसमा कार्यरत रहदा  प्याकुरेलले सुशासन, मितब्ययी, पारदर्शि, जवाफदेही र बिकासमा जोड दिएर नेपाल सरकारको कार्य क्षमता मापन गर्ने सुचक एम.सि.पि.एम.मा  उत्कृष्ट कार्य गरी देशै भरीकै जिबिसहरु मध्ये दैलेखलाइ पहिलो जिल्ला बनाउन सफल भएका थिए ।

उक्त समयमा कुशल नेतृत्व देखाएका प्याकुरेलको  तत्कालिन समयमा बिभिन्न मिडियाहरु तथा जनबाेलीमा चर्चा चलेको थियो ।

हाल सिडियोको रुपमा गृह जिल्लामा रमाना ल्याई आउनु भन्दा पहिलेनै जिल्लाको बिकास र शान्ति सुरक्षा शुब्यबस्था कायम गर्न महत्वपुर्ण भुमिका निर्बाह गर्न सक्ने कुशल प्रशासक दैलेखमा आउदै हुनुहुन्छ, जिल्लाको बिकासमा टेवा पुग्नेमा जिल्ला बासीले बिश्वास व्यक्त गरेका छन् ।

खासगरी प्याकुरेलको सुशासन शान्ती शुब्यबस्था कायम तथा  विकासका गतिविधिमा कस्तो भूमिका रहला ? भन्ने कुरा महत्वपुर्ण विषयवस्तु बनेको छ ।

“जिल्लामा संचालनमा रहेका बिभिन्न महत्वकांक्षी योजनाहरु, अलपत्र अवस्थामा रहेको अवस्थामा सिडियोको रुपमा खटिएका प्याकुरेलले उक्त आयोजनाहरु संचालनमा महत्वपुर्ण भुमिका खेल्नु पर्छ “ जिल्ला बासिहरुको भनाई रहेको छ ।

यसै गरी जिल्ला बासीहरुले “प्याकुरेल यस भन्दा पहिले जिल्ला बिकास समितिको कार्यालयमा रहदा लामो समय देखी विवादमा रहेको मध्यपहाडी लोकमार्गको किमुगाउ, छात्रबास, हुदै काँडाचौर, भुर्ति हुदै जारकोट सडक खण्डको विवाद समधान गरी आयोजना संचालनमा महत्वपुर्ण भुमिका खेल्नु भएको थियो त्यसै गरी जिल्लामा रहेका बिभिन्न अलपत्र महत्वकाँक्षी आयोजनाहरु मध्ये माथिल्लो कर्णाली जलबिद्युत आयोजना, दैलेख महाबु सडक खण्ड लगायतका अन्य आयोजनाहरु संचालनमा महत्वुपुर्ण भुमिका निर्बाह गर्नु पर्ने चुनौती रहेको “नागरिक समाजका अघुवाहरुले सुशासन खबरसँग कुराकानी गर्ने क्रममा बताउछन् ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *