घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई पनि ६ निलम्बनको कारबाही

नेकपा एमालेले नेताहरू सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि निलम्बन गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले पाण्डे र घनश्याम भुसाललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका हुन् ।

नेताद्वयले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाहीको निर्णय पार्टीले लिएको हो । एमालेको केन्द्रीय समितिले चार नेतामाथि स्पष्टीकरण सोधेको थियो ।

पहिलोपटक सोधिएको स्पष्टीकरणमा पाण्डे र भुषालले जवाफ दिएका थिएनन् । फेरि उनीहरूमाथि दोस्रोपटक स्पष्टीकरण सोधिएको थियो । त्यसको जवाफ उनीहरूले दिएका थिए । तर, स्पष्टीकरण चित्तबुझ्दो नभएको र सुध्रिने लक्षण नदेखिएको एमालेले ठहर गरेको छ ।

अहिलेकै गतिविधि जारी रहेको खण्डमा थप कडा कारवाही हुन सक्ने अध्यक्ष केपी शर्मा ओलीले जनाएका छन् । नेताद्वयलाई सच्चिनका लागि यो अन्तिम मौका भएको ओलीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *