१२ मंसिर २०७९, सोमबार / Nov 28, 2022

दैलेख प्रहरीबाट कुटपिट

सुशासन खबर
२३ बैशाख २०७८, बिहीबार २१:११
1471 Views

दैलेख

निशेधाज्ञाको दोश्रो दिन प्रहरीले सर्बसाधारणलाई अनाबश्यक हिडेको भनि कुटपिट समेत गरेको छ । बिहिबार बिहान ८ः३० बजेको समयमा दैलेख चौराठा बस्ने बर्ष २३ को लक्ष्मि अधिकारी बजारबाट केही अत्याबश्यक सामाग्री खरिद गरी डेरा तर्फ जाने क्रममा बसपार्कको छुट काउण्टर नजिक डिउटीमा रहेका प्रहरीले कुटपिट गरेका थिए ।

कुट पिट गर्ने प्रहरी हवल्दार मंगल चौधरी र अर्का जवान रहेको स्थानिय बासिन्दा ले सुशासन खबरलाई बताए ।

पिडित अधिकारीलाई प्रहरीले कहाबाट आएको रु भनि प्रश्न गर्दा “अधिकारीले म बजारबाट आएको भनि जवाफ दिएकोमा उक्त जवाफ सानो स्वरले भएको भनि प्रहरी हवल्दारले आफुसँगै  डिउटिमा रहेको जवानको हातमा रहेको लाठि खोसी कम्मरमा हान्दा मलाई त्यसै किन हान्नु भयो भनि प्रश्न गर्दा बढी बोल्छस् भनि गर्दनमा समाती धकेल्दै, धकेल्दै जि।प्र।का। ल्याउदै गरेको अवस्थामा स्थानियहरुले थाह पाई सके पछी प्रहरीबाट मलाइ छुटाएर ल्याएका थिए ।”

जिल्ला प्रशासन कार्यालय दैलेखले  मिति २०७८।०१। २१ गते देखी जारी गरेको निशेधाज्ञामा बिहान ६ बजे देखी ८ः३० बजे सम्म अत्याबश्यक सेवाका ब्यपारहरु खुलाउने भनि आदेश जारी भए अनुसार निज पनि आफुलाई चाहिने सामाग्री खरिद गरी जने क्रममा कुट पिटमा परेका थिए । सो बिषयमा के  भएको हो भनि जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठलाई सोध्दा “निशेधाज्ञाको अबज्ञा गरेकोले सामान्य कारबाही गरेको हौ कारबाही को प्रक्रिया गलत अबलम्बन भएकोले आफ्ना मातहतका प्रहरी कर्मचारीलाई सम्झाई बुझाई गर्नेछु र यस्ता खालका गल्तीलाई सुधार दोहोर्याउन दिने छैन भनि जवाफ दिएका थिए ।” 

सोेही सन्दर्भमा जि।प्र।का। दैलेखका प्रहरी निरिक्षक इन्द्रजित सुनारले “ प्रहरीले कुटपिट गर्न पाउछ, हामिले यो अधिकार प्राप्त गरेका छौ कुनै फरक नपर्ने ” भनि गैहजिम्मेवारी जवाफ दिएका थिए । निरीक्षक सुनारले यस अघि डेकेन्द्रचोक नजिक केही उच्छृङखल ब्यक्तिहरुले हो हल्ला गरेका छन् भनि स्थानियले प्रहरी कार्यालयमा जानकारी दिएकोमा प्रहरी समयमै होहल्ला भएको स्थानमा नपुगेकोले होहल्ला गर्नेहरु भागि सकेको अवस्थामा पुगेकोले घटनास्थल शान्त देखे पछी गलत सुुचना दिई प्रहरीलाई दुःख दिने भनि जसले सुचना दिएका थिए उनैलाई जि।प्र।का।मा ल्याई अनाबश्यक केरकार गर्नुको साथै धम्की समेत दिएका थिए ।

Latest समाचार