माधब र ओली समुहका नेताहरु बिचको छलफल सकियो

२६ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल र अध्यक्ष केपी ओली पक्षका दुई नेता विष्णु पौडेल र सुवास नेम्वाङ बीचको छलफल सकिएको छ ।

सिंहदरबारमा भएको छलफल पछि सुवास नेम्वाङले प्रधानमन्त्री एवं पार्टी अध्यक्षको चिन्ता र चासो नेता नेपालसमक्ष राखेका थिए ।

नेता नेपालले पनि आफ्ना कुरा खुलस्त राखेको भन्दै उनले भने, “पार्टी एकतालाई बलियो बनाएर लैजानु पर्छ भन्नेमा विवाद छैन ।” कसरी समाधान गर्ने र कुन कुन आधारमा सहमति खोज्ने भन्ने छलफलमै केन्द्रित रहेको उनले बताए । उनका अनुसार पुनः छलफल गर्ने सहमति भएको छ ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *