कसैलाइ अप्ठ्यारो परे निःशुल्क गाडि तथा एम्बुलेन्स चाहिए सिधा सम्पर्क गर्नु होस ः चन्द

समाज सेवामा तथा समाजिक गतिबिधीमा समर्पित हुने कसै कसैको इच्छा हुन्छ । समाजिक सेवामा आफुलाई समर्पण गरेमा आत्म सन्तुष्टि हुने हुँदा समाजसेवामा आफुलाई समर्पित गर्ने गरेको पाईन्छ ।

त्यस्तै समाजसेवामा आफुलाई समर्पित गर्नेमा दैलेख नौमुले गाउ पालिका ७ डाडागाउ बस्ने सन्त बहादुर चन्दको छोरा धिरेन्द्र बहादुर चन्द पनि एक हुन्।

 

उनले बिगत लामो समय देखी सुर्खेत जिल्लामा आफ्नो कर्मथलो बनाई बसोबास गर्दै आए पनि असाय,असक्त तथा सर्बहारा बर्गको उत्थानका लागि  सक्दो सहयोग गरि रहेका छन् । “उनि दानी स्वभावको भएकोले उनि सँग जो कोही पनि सजिलै सहयोग माग्ने गरेको” उनका बुवा सन्त बहादुर चन्दले सुशासन खवरलाई बताए ।

उनले अघिल्लो बर्ष भएको कोभिड १९ को कारण लकडाउनका कारण बेवारिसे अवस्थामा रहेका अति गरिब परिवारलाई आफुले सक्दो सहयोग गर्दै आएका थिए भने  यस बर्ष कोभिड १९ को कारण संक्रमित भई उपचारको लागि अस्पतालसम्म जानको लागि एम्बुलेन्स तथा गाडीको सुबिधा प्राप्त नभएको खण्डमा उनलाई खबर प्राप्त भएमा आफ्नो ब्यक्तिगत सवारी साधनबाट बिरेन्द्रनगर तथा अन्य सुबिधा सम्पन्न अस्पतालमा पुर्याउने ब्यबस्था समेत गर्ने गरेको उनको फेसबुक पेजबाट जानकारी हुन आएको छ ।

“कोभिड १९ को यश जटिल अबस्थामा ब्यक्तिगत नाममा रहेको कार कसैलाइ चाहिएको खण्डमा निस्शुल्क सहयोग गर्ने घोषणा गरेके छु । बिरेन्द्रनगर एरियामा कसैलाइ अप्ठ्यारो परे गाडि तथा एम्बुलेन्स चाहिए सिधा सम्पर्क गर्न सक्नुहुनेछ । साथै यस जटिल परिस्थितिमा सबैले एक अर्कोलाइ सहयोग गरेर सामाजिक प्राणीको जिम्मेवारी वहन गर्न समेत सम्पुर्णमा अनुरोध गरेकेा छु ” फेसबुकमा यस्तो लेखेका छन् ।

उनि सुर्खेत जिल्लामा ब्यबसायिक रुपमा घर जग्गा कारोबार गर्नुको साथै बिरेन्द्रनगर योंग कम्युनिष्ट लिग का अध्यक्ष समेत रहेका छन । उनि सानै देखी सहयोगी स्वभाबका भएकोले उनको जन्म स्थानमा सर्बत्र चर्चा बटुलेका छन ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *