ओलीसँगको छलफलबारे नेपालले आफू निकट नेताहरूलाई ब्रिफिङ गर्दै

एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले  बैशाख ३० गतेकाे छलफलकाे बिषयमा आफूनिकट नेताहरुकाे  बैठक बोलाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार वरिष्ठ नेता नेपालले गरेको छलफलबारे ब्रिफिङ गर्न बैठक बोलाइएको खनाल-नेपाल समूहका अग्र पंतिका नेताले सुशासनखबरलाइ बताए।

खनाल-नेपाल समूहले बोलाएको जुम बैठकमा उक्त समूहका सम्पुर्ण केन्द्रीय सदस्य सहभागी हुँदैछन् ।

पार्टीभित्रको अन्तरविरोध उत्कर्षमा पुगेर फुटको संघारमा पुगेका बेला बिहीबार ओली र नेपालबीच  चपली हाइटमा रहेकाे अन्नपुर्ण पाेष्टका प्रकाशक  रामेश्वर थापाकाे घरमा चार घन्टा लामो छलफल भएको थियो। उक्त छलफल पछि एमालेको विभाजन तत्काललाई टरेको छ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *