संक्रमित महिलाको सल्यक्रियाबाट बच्चा जन्माइयो

जिल्ला अस्पताल दैलेखमा गर्भवती कोभिड संक्रमित महिलावाट शल्यक्रिया गरि बच्चा जन्माइएको छ  ।  शनिवार राती १२ बजे  डा जगत थापा र डा. जीवन ज्ञवाली सहितको स्वास्थकर्मिले दुल्लु नगरपालिका-९ कि १८ वर्षिया महिलाको सफल शल्यक्रियाबाट बच्चा जन्माइएको हो। कोभिड संक्रमित भन्दा पनि ती महिला  गर्भवती भएका कारण ज्यान जोखिममा भएकोले शल्यक्रिया गरि वच्चा जन्माउनु परेको डा. थापाले जानकारी दिए । उनका अनुसार अहिले आमा र बच्चाको स्वास्थ अबस्था सामान्य रहेको वुझिएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थिर प्रसाद रेग्मीले  ३-४ महिनादेखी जिल्ला अस्पतालमा रोकिएको प्रसुती शल्यक्रिया सेवा एनएसथेसिया तालिम प्राप्त स्वास्थ्यकर्मी उपलव्ध भएसङ्गै पुन सुचारु भएको जानकारी दिए । उनले अब शल्यक्रिया सेवाका लागि बाहिर रिफर नगरिने पनि वताए ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *