संगठित हुदै स्थायी स्थानिय तहका कर्मचारीहरु

काठमाण्डौ।

देशभरीका स्थानीय तहमा कार्यरत कर्मचारीहरुको हक अधिकारको संरक्षणका लागि स्थानिय तह कर्मचारी हक़हित मंच नेपालको केन्द्रीय तदर्थ संयोजन समिति गठन भएको छ ।सोमबार भएको भर्चुअल बैठकमा बेदराज अधिकारीको समयोजकत्वमा गठित १६ सदस्यीय समितिमा सातै प्रदेशबाट प्रतिनिधित्व क़ायम गरीएको छ ।

उक्त समितिमा प्रदेश १ बाट सदस्यमा उदय मैनाली र संजु दाहाल , प्रदेश २ बाट गौरब लामिछाने र सरोज यादव, बाग़मति प्रदेशबाट निमकिरण डांगी र कबिता चौहान, गंड़की प्रदेशबाट सुबोध खनाल र युवराज पौडेल, लुम्बिनी प्रदेशबाट ओम राना क्षेत्री र पवन बूढ़ा, कर्णलीबाट रेशम रेगमी र इन्जिनियर मेघराज खत्री चयन भएका छन् भने सुदूरपश्चिम प्रदेशबाट सूरजप्रसाद जोशी र नीरज धामी रहेका छन ।

समितिको सदस्य सचिबमा भने बीरबहादुर विस्ट रहेका छन् । देशभर संगठन विस्तार गरी छीटै महाधिवेशन गर्ने, विधानलाई अंतिम रूप दिने लगायत स्थानीय तहका कर्मचारीको बिधमान समस्यालाई राष्ट्रीय रूपमा उठान गर्ने समितिको काम रहेको छ । स्थानिय तहका कर्मचारीलाई संघीय निजामति ऐन अन्तर्गत राखिनु पर्ने लगायतका माग सहित उक्त समिति गठन भएको स्थानिय कर्मचारी हक हित मंचका कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने इन्जिनियर खत्रीले सुशासन खबर लाई बताए । नितान्त स्थानिय तहका कर्मचारीको हक हितमा समर्पित रहेको छाता संगठनको रुपमा काम गर्ने समेत बताए ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *