भाइको मृत्युको पिडा त थियो थियाे बिमा कम्पनीले झन पिडा दियोः केन्द्रिय सदस्य अधिकारी

नेपाल उद्योग बाणिज्य महासँघका केन्द्रिय सदस्य चक्रबहादुर अधिकारीले सम्पुर्ण कागजात तथा पक्रिया पुर्याई मृत्यु बिमा दाबी गरेको पन्ध्र दिन बिती सक्दा पनि भुक्तानी नपाएको गुनासो गरेका छन् ।

मृतका दाजु चक्र अधिकारीले सामाजिक संजालमा पोखेको आक्रोस

गत बैशाष २९ गते चक्रबहादुरका भाई इन्जिनियर अर्जुन बहादुर अधिकारीको कोभिड १९को कारण मृत्यु भएको थियो । मृतकले तीन वटा जीवन बिमा कम्पनीमा बिमा गराएकोमा हाल उक्त बिमा कम्पनीमा मृतका हकदार गई मृत्यु दाबी पेश गर्दा बिभिन्न बहानामा भुक्तानी प्रक्रिया ढिला गरेको छ ।

बिमा कम्पनीले माग गरे बमोजिमको सम्बन्धित अस्पतालको मृत्यु प्रमाणित कागज तथा सम्बन्धित वार्ड कार्यालयमा मृत्यु दर्ता भएको प्रमाण पत्र र अन्य परिचय खुल्ने कागजात माग गरे थियो ।

माग भए बमोजिमको सम्पुर्ण कागजात पेश भै सकेकोमा पुनः बिशेषज्ञ चिकित्सक बाटै प्रमाणित हुनु पर्ने र वकिलको कागज चाहिने भन्दै ढिला सुस्ती गरेको बुझिन आएको छ ।

यसरी प्रक्रिया पुर्याई मृत्यु दाबी बिमा माग गर्दा पनि समयमै भुक्तानी नदिएको भन्दै केन्द्रिय सदस्य अधिकारीले सामाजिक संजाल फेसबुकमा कुनै पनि बिमा कम्पनीमा बिमा गरि सकेका र गर्ने मनसाय भएकालाई अनुरोध भन्दै आफुले भोगेका अनुभवहरु स्टाटस मार्फत जानकारी गराएका छन् ।

सो बिषयमा सम्बन्धित अधिकारीलाई सुशासन खबरबाट बुझ्दा “म जस्तो बुझेको र प्रक्रिया पुर्याई बिमा माग गरेकोमा यस्तो ढिला सुस्ती तथा आलटाल गरी दुःख दिएका छन् भने सर्बसाधारण नपढेका र कागजातको बारेमा जानकारी नभएका ब्यक्तिहरुलाई कति दुःख दिन्छन् होाला ?” भन्दै प्रश्न गरेका छन् ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *