१२ मंसिर २०७९, सोमबार / Nov 28, 2022

पत्रकार माथी दुरब्यबार गर्ने हवल्दार मानसिक सन्तुलन ठिक नभएको ः प्रहरी निरीक्षक सुनार

भरतराज अधिकारी
२२ असार २०७८, मंगलवार १४:४८
601 Views

दैलेख ः २१ गते नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखका अध्यक्ष यज्ञराज थापा र कर्णाली प्रदेश परिषद् सदस्य भरतराज अधिकारी माथी दैलेख प्रहरीले दुव्र्यवहार गरेका छन् ।

सोमवार दिउँस दैलेख सदरमुकामस्थित अस्थायी बसपार्कबाट देवकोटाचोक तर्फ आउँदै गर्दा प्रहरी हवल्दार म‌गल चाैधरीले  दुव्र्यवहार गरेको बताईएको छ ।
मोटरसाइकलमा सवार पत्रकारद्धय थापा र अधिकारी माथी जिल्ला प्रहरी कार्यालय दैलेखबाट डिउटीमा खटिएको हवल्दार चाैधरीले मोटरसाइकल रोकी दुव्र्यवहार गरेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । उक्त घटनाप्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।
“जनतालाई सू–सुचित गराउने पेशागत कर्ममा जुटिरहेका बेला अस्थायी बसपार्कबाट देबकोटाचौक तर्फ आईरहेको अवस्थामा मोटरसाइकल रोकी हवल्दारले आफ्ना मातहतमा खटिएका जवानलाई  कुनै साेधपुछ नै नगरी भाटा हान्न उर्दी जारी गरेकाे” अध्यक्ष थापा बताउछन् ।

यस बिषयमा  जिप्रका दैलेखका डिएसपी अनुपम श्रेष्ठलाई अध्यक्ष थापा स्वयमले जानकारी गराएकाे केही समयमा उक्त  स्थानमा प्रहरी निरीक्षक इन्द्रजित सुनारलाई खटाईको थियो । निरीक्षक सुनारले दुरब्यबहार गर्ने हवल्दार मानसिक रोगी भएकोले हतियार डिउटी नखटाएको र सामान्य डिउटी मात्र खटाएको भन्दै प्रहरीकाे बचाउ गरेका थिए ।
यस अघी हवल्दार चौधरीले स्थानियलाई सोध पुछनै नगरी लाठीले हानेकोमा प्रहरी प्रमुख श्रेष्ठले यस्तो खालको दुरब्यबहार पुन हुन नदिन प्रतिबद्धता जनाए पनि पटक पटक हवल्दार चौधरीबाट भएको दुरब्यबहार भोग्न परेको स्थानियले बताए ।

Latest समाचार