५ माघ २०७८, बुधबार / Jan 19, 2022

गोजुरियो कराँते दोसंघ सुर्खेत अध्यक्षमा: शाहि

सुशासन सम्बाददाता
१३ श्रावण २०७८, बुधबार २२:२१
375 Views

सुर्खेत ।  नेपाल गोजुरियो कराँते दोसंघ सुर्खेतको अध्यक्षमा लोकेन्द्रराज शाही चयन भएका छन् ।

बुधबार वीरेन्द्रनगरमा सम्पन्न भेलाले शाहीको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्ष दिवश भण्डारी, सचिव जगतप्रसाद रिजाल र कोषाध्यक्ष भेषजंग शाही चयन भएका छन् ।

 

नेपाल गोजुरियो कराँते दोसंघका कर्णाली प्रदेशका अध्यक्ष विरेन्द्रबहादुर शाहीको अध्यक्षतामा भएको भेलामा एसियन गोजुरियो कराँते दोसंघका महासचिव विआर मित्रको प्रमुख आतिथ्यता र नेपाल गोजुरियो कराँते दोसंघका कर्णाली प्रदेशका प्रमुख प्रशिक्षक डम्मरबहादुर शाहीको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।    श्रोत युगन्युज

यसैबीच नेपाल गोजुरियो दोसंघले तीन दिन ग्रेडिङ तथा तालिम सम्पन्न गरेको छ । तालिममा सुर्खेतसहित दैलेख र बाँकेका करिव ५० जना खेलाडीहरुको सहभागिता रहेको थियो ।