केपी ओली लाल गद्दारहरुको अध्यक्ष हो ः एमाले नेता मेटमणी

मंगलबार नेकपा एमालेका नेता मेटमणी चौधरीले प्राइम टेलिभिजनमा अन्तर्वाता दिने क्रममा अध्यक्ष केपी ओलीलाई लालगद्दार महासंघको अध्यक्ष हो भनेका छन् ।

उनले उक्त अन्तर्वातामा माधब नेपाल लाई ओली पक्षका नेता तथा कार्य कर्ताले लाल गद्दार भन्छन नी ? भन्ने प्रश्नमा नेता चौधरीले “माधब नेपाल भनेको कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने ब्यक्ति हुनुहुन्छ । उहाले दुई दुई पटक प्रतिनिधी सभा बिघठन भएको अवस्थामा संबिधानको रक्षा गरी संसद पुनःस्थापना गराउनु भयो उहालाई लाल गद्दार अनि ओलीले संबिधान बिरोधि, कानुन बिरोधी, कम्युनिष्ट आन्दोलनको बिरोधी लगायत आफ्नो मनमा जे आयो तेही गर्ने, बिधी र प्रक्रिया नै नपुर्र्याइ काम गर्छ त्यस्तो मान्छे असल नेताको सुचीमा पर्ने ।” भन्दै लाल गद्दार महासंघको अध्यक्ष रहेको भनि ब्यंग्य गरेका छन ।

उक्त कार्यक्रममा नेता नेपाललाई अब पार्टीमा कुनै स्थान छैन भन्नु हुन्छ नी ? भन्ने प्रश्नमा चौधरीले “केपीको दिमागमा माधब जस्ता राम्रा मान्छे, असल मान्छे, इमान्दार असल संस्कार भएको मान्छे नै हुदैनन् । उनको दिमागमा तस्कर, भ्रष्टचारी, गुण्डा, अपहरणकारी, फिरौती असुल गर्ने, लगायत तस्करमा संलग्न मात्र उनको वरी परी हुन्छन् ”भनेका छन् ।

नेता नेपाल जस्तो असल चरित्र भएको र असल संस्कार भएको नेतासँग हामी हुनु भनेको आफैमा भाग्मानी  भएको र असल गुरुबाट असल शिक्षा पाईने भएकोले नेपालसंँग  बहुमत केन्द्रिय सदस्य र बहुमत स्थायी कमीटी सदस्य हुनुको साथै ५६ जिल्ला कमिटिमा अध्यक्ष समेत रहेको दाबी गरेका छन् ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *