२५ श्रावण २०७९, बुधबार / Aug 10, 2022

कर्मचारी संगठनको भेला बिधान बिपरित ः महासचिब गौतम

सुशासन खबर
३ आश्विन २०७८, आईतवार ११:४३
272 Views

नेपाल निजामति कर्मचारी संगठनले आश्विन २ गतेको भेलाबाट केदार प्रसाद देबकोटाको संयोजकत्वमा ३८५ जनाको केन्द्रिय महाधिबेशन आयोजक कमिटी घोषणा गरेको छ ।

काठमाण्डौकाे कार्कि पार्टि प्यालेसमा भएको भेलामा ७७ वटै जिल्लाका कार्यसमितिका पदाधिकारीहरुसहित सुबेच्छुक सबैलाई बोलाईको थियो । नेकपा एमाले बिभाजन पछि कर्मचारी संगठनको पनि बिधिवतरुपमा बिभाजन भएको छ ।

उक्त कार्यक्रममा सम्पुण जिल्लाका पदाधिकारीलाई २ गते बिहान १० बजेको समयमा उपस्थितीको पत्र भए पनि उक्त कार्यक्रम भने बिहान ८ बजे नै सुरु भएको थियो भने महाधिबेशन आयोजक समितिको घोषणा बिहान १० बजे भएको थियो ।

भेलामा जिल्लाबाट प्रतिनिधित्व गर्ने अध्यक्ष देबकोटा निकटका पदाधिकारी तथा सदस्यहरुलाई आन्तरिक निर्देशन गरि बिहान ८ बजे नै आउनु भनि बोलाई भेलामा सहभागी गराएका थिए भने आफ्ना निकटस्त नभएका पदाधिकारी तथा सदस्यहरुलाई १० बजे बोलाइएकामा भेलामा सहभागि हुन भनि गएका पदाधिकारी तथा सदस्यहरुलाई गेटबाट भित्र प्रबेश गर्न नदिई गुटगत भेला भेला गराएको महासचिब रेवन्त गौतमले सुशासनखबरलाई जानकारी गराए ।

कर्मचारी संगठन कुनै राजनैतिक दल प्रतिको सुबेच्छुक संगठन भएकोले यसलाई एमाले पार्टिको भातृ संगठनको रुपमा लिई भेलालाई पारदर्शि तथा निश्पक्ष नभएकोले यस्तो संगठनको बिधान बिपरित रितनै नपु¥याइ फुटको दिशामा नलिन र पेशागत हक हितमा लाग्नका लागि देबकोटा भन्दा पुर्बका सबै केन्द्रिय अध्यक्षहरुले आग्रह तथा बिज्ञप्ती समेत जारी गरेका थिए ।

“देबकोटालाई हामिले फोन तथा भेटघाटमा पनि सम्झायौ तर उहाले मान्नु भएन र हिजो गुटगत भेला बोलाई फुटको दिशामा अघि बढेको” पुर्ब अध्यक्ष मोहन घिमिरेले बताए ।

उता संगठनका अध्यक्ष देबकोटालाई पुर्बअध्यक्षहरु सबै तथा तत्कालिन महासचिब रेवन्त गौतमले संगठनको बिधान बिपरित भेला बोलाउनलाई केन्द्रिय कमिटीको बहुमत सदस्यहरुले बैठकबाट निर्णय गर्नु पर्नेमा सो नगरी अध्यक्षको हस्ताक्षरित पत्रद्धारा भेला बोलाएको भन्ने आरोप छ नि ? भन्ने प्रश्नमा “उहाहरु सबै मेरो बिरुद्धमा भई एक बर्षदेखी बैठक नै बस्न दिनु भएन र बाध्यताबस महाधिबेशन आयोजक समितिको भेला बोलाएको हो र उहाहरु एकिकृत समाजबादी पार्टीको मान्छे हो भने म एमाले पार्टिको भएकोले बोलाएको हु ” भनि शुसाशन खबरलाई बताए ।