५ माघ २०७८, बुधबार / Jan 19, 2022

जाजरकोटमा कर्मचारी बिच फुटबल मैत्रिपुण फुटबल

सुशासन सम्बाददाता
१८ आश्विन २०७८, सोमबार १३:१०
176 Views

दशैको अवसरमा १६ गते सनिबार भएको मैत्रीपुर्ण फुटबल खेलमा भेरी नगरपालिका विजयी भएको छ । जिल्ला अदालत र जिल्ला हुलाक कार्यालयको संयुक्त टिमलाई भेरी नगरपालिकाको टिमले ० का विरुद्ध ४ गोलले हराउदै फुटबलको उपाधी हात पारेको छ । भेरीका बरुण बस्नेतले ३ गोल र मनिक बटालाले १ गोल गरेका थिए ।

बिपक्षी खेलाडीले डिबक्स भित्र फल गरेपछी खेलको १२ औ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै बरुणले पहिलो गोल गरेका थिए । खेलको ३५ औ मिनेटमा बरुणले नै दोस्रो गोल र हाफ टाइम पछि ५९औ मिनेटमा तेस्रो गोल गर्दै ह्यट्रिक गरेका थिए । खेलको ७१ औ मिनेटमा नगरपालिकाका मनिकले अर्को गोल थपेका थिए ।

भेरी नगरपालिका ३ थाप्ले स्थित त्रिभुवन माविको खेल मैदानमा भएको फुटबल खेलमा पुरस्कार भने खसी रहेको थियो । कर्मचारीहरु आफैले पैसा संकलन गरेर खसी पुरस्कार राखेका थिए ।

खसी नगरपालिकाले जिते पनि खसि खानको लागि सबै खेलाडि सहभागी हुने खेलाडी तथा इन्जिनियर मेघराज खत्रीले बताए । उक्त खेल निकै रोमाञ्चक रहेको रेफ्री मनोज शाहले बताए । नगरपालिका टिमका खेलाडीले ४ गोल हान्दा पनि अदालत र हुलाक टिमका खेलाडीले एक गोल पनि गर्न सकेनन् । दशै तथा तिहारको अवसरमा कर्मचारी विच रमाइलो गरौ भनेर मैत्रीपुर्ण फुटबल खेलको आयोजना गरिएको बताइएको छ ।