५ माघ २०७८, बुधबार / Jan 19, 2022

बाघको आक्रमणबाट किसान बेपत्ता

सुशासन सम्बाददाता
२५ आश्विन २०७८, सोमबार २०:५४
155 Views

बर्दिया । गेरुवा ४ ढुकनियामा बाघको आक्रमणबाट एक किसान बेपत्ता भएका छन् । सोमबार साँझ ३७ वर्षीय जनक बहादुर थारुलाई बाघले आक्रमण गरी जंगलभित्र लगेको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारीमाधव प्रसाद शर्मा अनुसार “थारु भैसी चराउन जंगल गएकाे अवस्था हराएकाे खबर भएकाे ले अहिले सम्म पुष्टि हुन भने सकेकाे छैन ।” उनको खोजीका लागि बर्दिया राष्ट्रिय निकुन्जबाट ४ वटा हात्ती परिचालन गरिएको छ।

सप्रजिअ शर्माकाे अनुसार “थारू गेरुवा नदी किनारमा भैंसी चराउन गएकाे अवस्थामा बाघले आक्रमण गरी जंगलमा लगेको अपुष्ट  सूचना पाउना साथ खोजीका लागि निकुञ्जका कर्मचारी र नेपाली सेनासमेत परिचालन गरिएको छ ।”