५ माघ २०७८, बुधबार / Jan 19, 2022

बैंकबाट जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता समयमै नपाउदा बिताए खुल्ला आकासमा रात

सुशासन सम्बाददाता
१० कार्तिक २०७८, बुधबार १३:५७
193 Views

९ कार्तिक। गुराँस गाउपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने आफ्ना नागरिकलाई समयमै गुराँस स्थित प्रभु बैंकमा जम्मा गरि दिएको थियो । उक्त भत्ता लिनको लागि पालिकाका बृद्धबृद्धा लगायत भत्ता प्राप्त गर्ने ब्यक्तिहरुलाई सुचित समेत गरेको थियो । सोही बमोजिम बैकले वडा गत रुपमा सामाजिक सुरक्षा भत्ता लिनका लागि पनि आफ्नो तालिका सार्बजनिक समेत गर्यो ।

तालिका बमोजिम बुधबार गुँरास ५ का बृद्ध बृद्धाहरुको पालो भएकोले भक्ता पाउने आसले बृद्ध बृद्धाहरु बिहानै गोगनपानीको उकालो भई गुराँसे स्थित प्रभु बैंकको शाखामा आई बैंक खुल्न भन्दा पहिले नै लाइन बसेका थिए । लाइनमा बसेका मध्ये केहीले भत्ता पाए भने केहीले भत्ता पाउन सकेनन् ।

भत्ता नपाउने बृद्धबृद्धाहरुलाई बैंकले कुनै जानकारी नै नगरी बैक बन्द गरि कर्मचारीहरु हिडे पछी केही बृद्धाहरुले बैक नजिकै खुल्ला आकस मुनी आगो बाली रात बिताईरहेको सुशासन कर्मिले देख्दा यति रातमा खुल्ला आकास मुनी किन बसेको भनि सोध पुछ गर्दा “हामीहरु भत्ता बुझ्ने आसले आएको हौ र आस निरासमा बदलियो अनि हामी आगो बाली खुला आकासमा रात बिताउन बाध्य भएका हौ । आसा छ भोली पाइन्छ की ! गोगन पानीका ८१ बर्षका एक बृद्धले सुशासन खबरलाई बताए । संघियता आउनु भन्दा पहिले हामीले वडाबाटै भत्ता पाउँदै आएकोमा अहिले बैंकसम्म पुगेर भत्ता लिन सकस भयो । सरकारले भत्ता दिएकै छौ भने पनि दुर्गम गाउका हामी जस्ता बृद्धाहरुले पाएको दुःख मा स्थानिय सरकार तथा बैंक अनविज्ञ रहेको छ ।”

यसै बिषयमा गुराँस गाउ पालिका स्थित प्रभु बैंकको शाखा प्रबन्धकलाई सम्पर्क गर्न खोज्दा फोन उठाएका छैनन् । भने प्रदेश प्रबन्धक सरद तिमिल्सेनासँग बुझ्दा “हामीले सुरक्षा र इन्टरनेटका कारण घुम्ती शिबिर संचालन गर्न नसकेको हो अन्य शाखाबाट बितरण हुने सामाजिक सुरक्षा भत्ता चुस्त दुरुस्त ढँगबाट बितरण गरेको जिकिर समेत गरेका छन् ।”

गुँरास गाउ पालिकाको अध्यक्ष खेमराज वलीसँग बुझ्दा “पालिकाले जेष्ठ नागरिक तथा अन्य सबै प्रकृतीका भत्ता समयमै बैंकमा पठाएको र उक्त रकम जेष्ठ नागरिकहरुलाई दुःख नदिने गरी बैंकले बितरण गर्ने ब्यबस्था मिलाउनका लागि लिखित पत्रचार गरेको र फोन मार्फत प्रबन्धकलाई जानकारी समेत दिनका लागि फोन गर्दा फोन नउठाउने गरेकाले जेष्ठ तथा फरक क्षमता भएका नागरिकहरुले दुःख पाएकोमा म अत्यन्तै दुखी रहेकोले आगामी दिनमा वडा स्तरबाटै सामाजिक भत्ता पाउने बातावरण बनाउन बैंकलाई अनुरोध गर्ने समेत जनाएका छन् ।”