५ माघ २०७८, बुधबार / Jan 19, 2022

दैलेख काङ्ग्रेस सभापतिमा रेग्मी बिजय

सुशासन सम्बाददाता
१२ मंसिर २०७८, आईतवार १८:३१
102 Views

दैलेख सम्वाददाता ।नेपाली कांग्रेस दैलेखको सभापतिमा मणिराम रेग्मी निर्वाचित भएका छन् । उनले ७९१ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्द्वी घनश्याम भण्डारीले ७४५ मत ल्याएका छन । अन्य पदाधिकारी पनि रेग्मी प्यालकै उम्मेदवारहरु विजयी भएका छन् ।

उपसभापतिमा रिता शाही र नमराज शाही, सचिवमा खेम वली र नारायण रेग्मी तथा सहसचिबमा महेन्द्र शाही (चट्याङ) र कनक सेना विजयी भएका छन् ।  दैलेखमा पौडेल समूहको प्यानलै विजयी भएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेखमा एक नम्बर  क्षेत्रमा पौडेल समूह र २ नम्बर क्षेत्रमा देउवा समूहले क्षेत्रीय सभापति जितेका थिए भने महाधिवेशन प्रतिनिधि  पौडेल समूहका  बढी  रहेका छन् ।