५ चैत्र २०७९, आईतवार / Mar 19, 2023

महिन्द्रा कम्पनीबाट उत्पादित सवारी साधनको सर्भिस सेन्टर उद्याटन

भरतराज अधिकारी
१७ मंसिर २०७८, शुक्रबार १९:४५
279 Views

दैलेखमा महिन्द्रा कम्पनीबाट उत्पादित साना सवारी साधनहरुको आधिकारिक सर्भिस सेन्टर खुलेको छ । प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेलको प्रमुख अतिथ्यतामा दैलेखका लागि आधिकारिक बिक्रेता मुनाल अटो पार्टस एण्ड वर्कशपको बिधिवत रुपमा उद्याटन भएको छ ।

उक्त कार्यक्रममा बिशेष अथितीको रुपमा भगवतीमाई गाउ पालिका दैलेखका अध्यक्ष दान बहादुर थापा र महिन्द्रा कम्पनीको स्पेयर पर्टस्को नेपालको लागि आधिकारिक बिक्रेता बालुजु अटो वक्स प्रा.लि.का डेपुटी जनरल म्यानेजर युगल सिंह सहितको उपस्थितीमा सम्पन्न भएको थियो ।

उक्त उद्याटनको क्रममा दैलेखका लागि आधिकारिक बिक्रेता मुनाल अटो पार्टस्का संचालक राजु खड्काले जिल्लामा उच्च प्रबिधीयुक्त सर्भिस सेन्टर समेत नभएकोले जिल्लामा गुड्ने अधिकाँस सवारी साधनहरुको सर्भिसिङ अन्यत्र जिल्लामा गई गर्नु पर्ने बाध्यता हटेको र ब्रान्डेट कम्पनीको स्पेयर पार्टस समेत हाम्रै अटो पार्टसमा पाईने भएकोले जिल्ला बासिहरुलाई सहज भएको बताएका छन् ।

त्यस्तै प्रजिअ प्याकुरेलले जिल्लामा उपलब्ध सावारी साधनहरुले सहजै जिल्लामा सेवा उपभोग गर्न पाउनु राम्रो रहेको र दक्ष मिस्त्री लगायतका जनशक्ति उपलब्ध गराउन बालाजु अटो वक्र्सका डेपुटी म्यानेजरलाई समेत अनुरो गरेका छन् ।

Latest समाचार