१२ मंसिर २०७९, सोमबार / Nov 28, 2022

राष्ट्रिय बाणिज्य बैंकको उत्कृष्ट कर्मचारी पुरस्कार दैलेख शाखाका केसीलाई

सुशासन खबर
१८ मंसिर २०७८, शनिबार १९:४४
872 Views

निरता कटुवाल,दैलेख

राष्ट्रिय बाणिज्य बैंकक बैंकको ५५ औ बार्शिकत्सोवको अबसरमा आर्थिक बर्ष २०७५–७६ को उत्कृष्ट कर्मचारी पुरस्कार बितरण गरेको छ । उक्त बर्षको कार्यसम्पादनमा दैलेख शाखाबाट नगद सहायक पदमा कार्यरत सुरेश कुमार खत्री छनौट भएका छन् ।

राबा बैंकले आफ्नो बार्षिक उत्सबमा बिभिन्न बिधामा पुरस्कार दिने गरेको पाइन्छ । ति  बिधा मध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने  कर्मचारी मध्ये खत्री पनि एक हुन् ।

खत्री दैलेख शाखामा क्यासियरको भुमिकामा बिगत ४ बर्षदेखी कार्यरत रहेका छन् । “खत्री कार्यरत भए पश्चात क्यासियरबाट हुने कुनै पनि त्रुटीहरू नभएको र उहाले आफ्नो कामलाई पेशागत धर्म मान्दै उत्कृष्ट काम गरेकोले उत्कृष्ट कर्मचारी पुरस्कारको लागि हामीले सिफारिस गरेका हौ र पाउनु पनि भयो” प्रबन्धक चेतन बिसीले खुसी ब्यक्त गरे ।

“मलाई बैंकको बिभागिय टिमले उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरी थप जिम्मेवार बनाएकोमा शाखा प्रबन्धक लगायत सम्पुर्ण दैलेख शाखा परिवार प्रति आभार ब्यक्त गर्छु” पुरस्कृत खत्रीले बताए ।

Latest समाचार