५ माघ २०७८, बुधबार / Jan 19, 2022

शंकर पोखरेललाई मसँग चुनाब लड्नुस् ः चौधरी

सुशासन सम्बाददाता
१८ मंसिर २०७८, शनिबार १२:०८
114 Views

१७ मंसिर, बुटवल । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई आफूसँग चुनाव लड्न आग्रह गरेका छन् ।

शुक्रबार पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले दाङका जुनसुकै निर्वाचन क्षेत्रमा आफूसंग निर्वाचनमा प्रतिस्पर्धा गर्न पोखरेललाई चुनौती दिएका हुन
२०७४ सालमा बाम एकता हुँदा आफ्नो मतदाता नामावली भएको निर्वाचन क्षेत्रवाट चुनाव हार्ने पक्का पक्की भए पछि पोखरेलले २०७४ अर्को निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गरेको चौधरीको आरोप छ ।

समयमा बिकासको काम पूरा नगर्ने निर्माण व्यवसायीलाई पोखरेलले काखी च्यापेर राखेकोले पोखरेललाई दाङका जनताले आगामी निर्वाचनमा हराइदिने बताए ।

एकीकृत समाजवादीको लुम्बिनी प्रदेश कमिटी अध्यक्ष समेत रहेका चौधरीले तीन महिनामा तीन लाख जना आफ्नो पार्टीमा प्रवेश गरेको बताए ।