५ माघ २०७८, बुधबार / Jan 19, 2022

कोईलाखानीमा च्यापिएर मजदुर’को मृत्यु

सुशासन सम्बाददाता
२७ मंसिर २०७८, सोमबार १९:५५
72 Views

२७−दाड सम्बाददाता

दिउँसो १२ बजेतिर घोराही उपमहानगरपालिका–१ दाङ्जामा स्थित पशुपती कोईलाखानी उद्योगमा कामगर्ने मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ । उनको कोईलाखानीमा च्यापिएर मृत्यु भएको हो ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१९ निवासी ४६ वर्षका भक्तबहादुर घर्ती  भएको प्रहीले बताएको छ । कोईलाखानीको सुरुङ भित्र च्यापिन जाँदा घाइते भएका घर्तीको उपचारका क्रमममा घोराही स्थित राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानमा अाज दिउँसो ३ बजे मृत्यु भएको प्रहरीले बताएको छ ।