पुर्ननिर्माणको पखाईमा दुल्लूदरबार

भक्तबहादुर शाही
२७–मंसिर । दैलेख,(दुल्लू) जुम्लाका सिंजा राजाको हिउँदे राजधानी रुपमा चिनिएको दुल्लू दरबार पुर्ननिर्माणको पखाईमा छ । तत्कालिन द्धन्द्धको समयमा नेकपा माओवादीले बम पड्काएर दरबारलाई ध्वस्त बनाएपछि पुननिर्माण परेको छैन । २०६० बैशाख ८ मा माओवादीले दरबारमा वम पड्काएर पुरै दरबार ध्वस्त बनाएका थिए । तीनवटा भ¥याङ र ५२ वटा झ्याल ढोका भएको दरबार प्यागौडा परम्परागत शैलीमा निर्माण गरिएको थियो ।

दुल्लू राज्यको क्षेत्र तिब्बतको ताक्लाकोटदेखी भारतको गडुवालसम्म फैलिएको थियो । वाईसे,चौविसे राज्यमा यो राज्य सानो राज्यको रुपमा रह्यो । नेपालबाट अरनिको समुहका ललितपुरका कालिगढ झिकाई विक्रम संम्बत १९८४ मा दरबारको पुननिर्माण गरिएको थियो । तत्कालिन दुल्लुका राज्यका नेपाली सेनाका कर्नेल डम्बरबहादुर शाहले भारतको बैजरी स्थानको लडाई जितेर ल्याएको सम्पत्तिबाट दरबारको पुननिर्माण गर्न इतिहासका विद्यार्थी भुपाल विक्रम शाहले बताए । दरबारमा दुल्लूका अन्तिम राजा जंगबहादुर शाहले विरशमशेर राणाकी नातिनी तेजशमशेर छोरीसँग विवाह गरेपछि दुल्लूमा राजकाज चलाएका थिए ।

खस जातीको साझा सम्पत्तिको धरोहरमा रहेको यो दरबारको पुननिर्माण गरि खस जातीय संग्राहलय बनाउनु पर्ने दुल्लू नगरपालिका–२ खमबहादुर थापाले बताए । व्याक्तिका नाममा दरबार भएकोले पुर्न निर्माण नपरेको उनको भनाई छ । दरबारले व्याक्ति नामबाट राज्यले लिई दरबार निर्माण अगाडी बढाउनुपर्छ । नत्र एउटा सम्पदा नै गायब हुन लाग्यो । दरबारमा राज्य र स्थानीय सरकारकारले चासो दिनुपर्छ ।

दुल्लू दरबार जंगबहादुर शाहका कान्छा छोरा रिटार्यड जर्नेल दिप्तप्रकाश शाहको नाममा भएकाले पुननिर्माणमा ढिलाई भएको पुरातात्विक विभागले जनाएको छ । यदि व्याक्तिले राज्यका नाममा नामसारी गरे छिटो पुनिर्माण गरिने एक कर्मचारी बताए । “दरबार संरक्षणका लागि बर्षेनि रकम विनियोजन भएपनि व्याक्तिका नाममा भएकाले कार्यान्वयन हुन ढिलाई भएको छ ।” दुल्लूका अन्तिम राजाका छोरा जर्नेल शाह भने दरबार दैलेखी जनताको हो । सरकारले दरबारका लागि आवश्यक बजेट विनियोजन गरि मेरो नाममा भएपनि म राज्यलाई दिन तयार छु, ।,दुल्लूका अन्तिम राजाको चिनो हो,जनताको दरबार हो ।”नेपाल सरकारले दरबारलाई पुननिर्माण गर्न चाहेमा आफ्नो तर्फबाट पुर्ण सहयोग गर्ने छु ,उनले थपे ।

तत्कालिन माओवादी विरुद्धको दुल्लू विद्रोहकी अगुवा कृष्णा शाहले भने,सरकारले चासो नदिएकाले पुनं निर्माणमा नपरेको बताईन । सरकारले बजेट विनियोजन गरि निर्माण थालेपछि स्थानीय बासी सबैले सहयोग गर्छ । दल्लूू दरबार दुल्लू क्षेत्र र आठविस दराबाट मासको गाह्रोबाट निर्माण गरिएकाले पाँच दिन सम्म जलिरहेको थियो ।

तत्कालिन दुल्लू भारतको दिल्लीमा भएका मुगल सम्राट बिच दैत्य सम्बन्ध थियो । जसको उदाहरण रुपमा बोलिने हुजुर भाषाबाट हजुर सिकेको र हामीसँग भएको परम्परा,करुवा,हुक्का मुगलबाट सिकेर प्रयोग गरेको दुल्लू नगरपालिका –२ का नयाँराम थापाले बताए ।

मुगल सम्राट सँग दैत्य सम्बन्ध भएको उदाहरण दुल्लू नगरपालिका वडानं १० मा रहेको पादुकास्थान मन्दिरमा अवस्थित साउना कार्की र साउना कर्केनीको अशोक स्तम्भलाई लिन सकिन्छ । राजा दामोपालको पालादेखी सिंजा संगै दुल्लू क्षेत्रको विकास भएको देखिन्छ । जातीय आन्दोलन चलिरहेको बेला ठकुरी,ब्राहमण र क्षेत्रीको सहिष्णुतालाई सरकारले कमजोरी ठानेर पुननिर्माणमा ढिलाई गरेको ठाटीकाँध गाउँपालिका –१ धर्मबहादुर शाहीले बताए । दुल्लूनगरपालिकाका मेयर घनश्याम भण्डारीले दरबार पुर्ननिर्माणका लागि पहल भईरहेको छ । व्याक्तिगत नाममा भएकाले काम हुन सकेन । हामी पहिला व्याक्तिगतबाट नामसारी गरेर सरकारको मातहतमा ल्याउँछौं । अनि दरबार बनाउने काम अगाडी बढछ् ।

नेपाल एकिकरणको समयमा उत्तम शाहीका पालामा विक्रम संवत १८४६ कार्तिक २१ गते सोमबारका दिन दुल्लू राज्य नेपाल राज्यको अधिनस्थ भएपतापनि विक्रम संवत २०१९ मा यो छुट्टै राज्यको रुपमा रहेको थियो । राज्य रजौटा ऐन २०१९ बमोजिम दुल्लू राज्य विघटन भई २०१९ मा दैलेखमा गाँभिएको थियो । तत्कालिन समयमा दुल्लू दराका सबै दराहरुलाई बाँडेर गाउँ पञ्यात बनाइएको थियो । नेपाल सरकारले ७२ नयाँ नगरपालिका मध्ये दुल्लूलाई २०७१ बैशाख २५ मा दुल्लू नगरपालिका घोषणा गरेपनि २०७१ जेठ ५ मा कार्यालय उद्घाटन भएको थियो ।

पुननिर्माणमा नपरेको दैलेखको दुल्लू दरबार । तत्कालिन समयमा नेकपा माओवादी २०६० बैशाख ८ गते बम पड्काएर दरबारलाई ध्वस्त पारेको थिए ।
तस्वीर ः भक्तबहादुर शाही⁄राजधानी

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *