५ माघ २०७८, बुधबार / Jan 19, 2022

अनेरास्वबियु (क्रान्तिकारी)को केन्द्रिय सदस्यको जिम्मेवारीमा अधिकारी

सुशासन सम्बाददाता
२९ मंसिर २०७८, बुधबार २०:११
140 Views

सुर्खेत– निरुता कटुवाल

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को केन्द्रीय सदस्यमा प्रकाश अधिकारी चयन भएका छन् ।

अखिल (क्रान्तिकारी) को केन्द्रीय सदस्यमा दैलेख नौमुले ८ घर भई हाल मध्यपश्चिम बिश्व बिद्यालयमा उच्च शिक्षा हासिल गर्दै गरेका अधिकारी चयन भएका हुन् ।

गत असोज १४ देखि १८ गते काठमाडौंमा भएको २२ औं राष्ट्रिय सम्मेलनको म्यान्डेट अनुसार फ्रयाक्सन इन्चार्ज हितमान शाक्य, निवर्तमान अध्यक्ष रञ्जित तामाङ र अध्यक्ष पञ्जा सिंहको उपस्थितिमा बसेको बैठकले १९९ जना केन्द्रिय सदस्य, केन्द्रीय आयोग लगायत प्रदेश कमिटिका पदाधिकारी र सदस्यको चयन गरेको हो ।

अधिकारी यथास्थितीबाद र प्रतिगमनको बिरुद्ध बुलन्द आवाज उठाउने दैलेखका शसक्त बिद्यार्थी नेता भएकोले उनको योगदानको उच्च मुल्याङ्कन गर्दै केन्द्रिय कमिटिको जिम्मा दिएको हुन पर्छ दैलेख माओबादीका नेता छबि सुबेदीले बताए ।

उनी बाल्यकाल देखी नै अखिल कन्तिकारीको बिद्यालय इकाई कमिटि हुदै जिल्ला कमिटिमा समेत काम गरि सकेका अनुभबी बिद्यार्थीको नेताको रुपमा आफ्नो परिचय बनाएको उनका बाल्यकाल देखीका साथीहरु बताउछन् ।