ट्रेड युनियकाे संगठन बिस्तारमा उपसचिब ढकाल

काठमाण्डाै−०३ शनिबार

निजामति कर्मचारी संगठनको आधिकारिक ट्रेड युनियनका निःबर्तमान अध्यक्ष पुण्य प्रसाद ढकाल नेकपा एमाले निकट कर्मचारीहरुको संगठन बिस्तारका लागि देश दौडाहमा रहेका छन् ।

शनिबार दैलेखमा नेपाल निजामति कर्मचारी संगठन दैलेखको ११ औ जिल्ला अबिधेशनमा सहभागि भएका थिए । निजामति सेवा ऐन २०४९ को दफा ५३उपदफा (१) को (क) अनुसार “कार्यलय प्रमुख भई काम गर्नु पर्ने राजपत्रांकित कर्मचारी बाहेक राजपत्रांकित तृतीय श्रेणी वा सोभन्दा मुनिका कर्मचारीले आफ्नो पेसागत हक हितका लागि राष्ट्रिय स्तरको निजामति कर्मचारीको ट्रेड युनियन गठन गरी सदस्याता लिन सक्ने” कानुनी ब्यबस्था बमोजिम ढकाल सि.बि.ए.को अध्यक्ष भएका थिए ।
उनको पदावधी रहदै राजपत्रांकित द्वितिय श्रेणिमा पदोन्नती भए पछी उनले आधिकारिक ट्रेड युनियनको अध्यक्ष पदबाट राजिनामा दिएका थिए ।
रा.प. द्वितिय श्रेणीको कर्मचारीले ट्रेड युनियको गठन तथा सदस्यता लिनु निजामती सेव ऐन बिपरित हुने हुँदा ढकालले गैह्रकानुनी र पदिय जिम्मेवारीको धज्जी उडाउदै आफ्नो पद अनुकुलको आचरण पालन नगरी संगठन बिस्तारमा लागेको नाम नबताउने सर्तमा एक कर्मचारीले जानकारी दिएका छन् ।
यस बिषयमा उपसचिब ढकालसँग सुशासन कर्मिले बुझ्दा “सेवा ऐनको दफा ५३ बमोजिम मेरो उपसचिबमा पदोन्नती भएकोले मेरो पदिय जिम्मेवारी स्वत खारेज हुने भएकाले मैले आधिकारिक ट्रेड युनियनको अध्यक्ष पदबाट राजिनामा दिएको र हाल नेपाल निजामति कर्मचारी संगठनको केन्द्रिय सल्लाहकार भएकोले ट्रेड युनियनका कार्यक्रमहरुमा जाने गरेको र संगठन बिस्तारमा नलागेको” जिकिर गरेका छन् ।

Posted in Uncategorized

Leave a Reply

Your email address will not be published. Required fields are marked *