५ माघ २०७८, बुधबार / Jan 19, 2022

नारायण नगरका कर्मचारी एमाले अधिबेशन प्रतिनिधि

सुशासन सम्बाददाता
२४ पुष २०७८, शनिबार ०८:४८
1219 Views

२४ पाैष – दैलेख

नारायण नगर पालिका दैलेखका कर्मचारी कार्यालयमा हाजिर गरी नेकपा एमालेको जिल्ला अधिबेशनमा गएका छन् । हिजो २३ गते सुक्रबार सदरमुकाम स्थित खेलकुद कवर्डहलमा भएको अधिबेशन उद्यघाटन सभामा प्रतिनिधीको परिचय पत्र र सुर्य चिन्ह अंकित टोपी लगाई कार्यक्रममा सहभागी भएका छन् ।

सहभागी हुनेहरु मध्ये लघुउद्यम सहजकर्ता पदमा कार्यरत लिलाराम ताम्राकारले सुक्रबार कार्यलयमा हाजिर समेत गरेका छन् ।

यस बिषयमा नगरका प्रमुख प्रशासकिय अधिकृत भक्त बहादुर मल्लसँग सोधपुछ गर्दा “उनि कार्यलयमा आई हाजिरि पुस्तिकामा हाजिर गरेको र अहिले कार्यालयमा नरहेको र उनि पार्टिको अधिबेशनमा गएको कुरा जानकारीमा आएकोले कारबाही प्रक्रियामा अगाडी बढ्ने” समेत जानकारी दिएका छन् ।

उनि यस अघिका दिनमा समेत कार्यालयको काममा भन्दा पार्टिको काममा कार्यालयमा हाजिर गर्ने र कोहि कसैलाई जानकारी नदिई कार्यालयबाट भाग्ने गरि रहेको एक जानकारले बताए ।