१५ जेष्ठ २०७९, आईतवार / May 29, 2022

नेपालमा एकैदिन थपिए ५ हजार ८७ कोरोना संक्रमित

सुशासन सम्पादक
३० पुष २०७८, शुक्रबार १७:५५
129 Views

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८७ जना कोरोना संक्रमित थपिएका छन्। धेरै समयपछि एकैदिन ५ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार पिसिआर परीक्षणबाट ४ हजार २०४  र एन्टिजेन परीक्षणबाट ८८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लाे २४ घण्टामा  २० हजार ५६० जनामा कोरोना परीक्षण गरिएको थियो जस मध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार पिसिआर परीक्षणबाट ४ हजार २०४  र एन्टिजेन परीक्षणबाट ८८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। हाल देश भर १८ हजार २ सय  ३५ जना कोरोनाका सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन्। यस्तै ३०६ जना संक्रमणबाट मुक्त भएका छन्। काठमाडौं उपत्यकामा २६०७ संक्रमित थपिएका छन्।  काठमाडौंमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ संक्रमित थपिएका छन्।