५ चैत्र २०७९, आईतवार / Mar 19, 2023

सुपरभाइजर घूससहित अख्तियारको नियन्त्रणमा

सुशासन खबर
३० पुष २०७८, शुक्रबार १०:३९
404 Views

ललितपुर — नेपाल विद्युत् प्राधिकरणको पाटन सबस्टेसन ललितपुरमा कार्यरत सबस्टेसन प्रमुख (सुपरभाइजर) सोमप्रसाद पहाडी घूससहित पक्राउ परेका छन् ।

प्राधिकरणले गाडेको बिजुली पोल सार्नका लागि सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ घूस लिएका पहाडीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो ।

उनि बिगतका दिनमा पनि यसै गरी सेवाग्राहीलाई दुख दिने र अन्तमा घुसमा मोलमोलाइजा गर्ने गरेका थिए । पहाडी काठमाडौं ग्रिड महाशाखाअन्तर्गत पर्ने उक्त सबस्टेसनमा कार्यरत पहाडी पाँचौं तहका कर्मचारी हुन् ।

Latest समाचार