११ आश्विन २०७९, मंगलवार / Sep 27, 2022

धर्म र संस्कृतीको संरक्षण गर्नु सरकारको दायित्व हो ः कानुन मन्त्री शाही

सुशासन खबर
२ फाल्गुन २०७८, सोमबार १४:२४
168 Views

बहुभाषिक , बहु धार्मिक बहु सांस्कृतिक मुलुक भएकोेले सम्पुर्ण धर्महरुको संरक्षण गर्नु सरकारको दायित्व भएको करर्णाली प्रदेश आन्तरिक ममिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले बताए ।

नेपालीको मौलिक हक अन्तर्गत पर्ने धर्म तथा सांस्कृतिक हककाे संरक्षण गर्न कर्णाली प्रदेश सरकार लागि पर्ने बताए ।दैलेखमा नोर्वु छयोलिङ्ग वौद्ध गुम्वा चामुण्डा विन्द्रशैनी नगर पालिका वडा नं. १ ले आयोजना गरेको बत्राइ तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शाहीले सो कुरा बताएका हुन ।

अाम नागरिककाे शिक्षा , स्वास्थ्य , खानेपानी यातायात  तथा भौतिक संरचनाको विकासका लागि आफु सधै प्रतिवद्ध रहेको बताए । नागरिककाे आवश्यकतालाइ पहिचान गरी प्रकृयागत रुपमा आएको मागहरुलाई आफुले सम्वोधन गर्न कुनै कसुर बाँकी नराख्ने र गुम्वाको विकास र प्रवद्धनको लागि कर्णाली सरकारले अाबश्यक पहल गर्ने समेत बताएका थिए ।