१५ जेष्ठ २०७९, आईतवार / May 29, 2022

दैलेखका गोविन्द बन्दी बने कानुन मन्त्री

सुशासन सम्पादक
२४ चैत्र २०७८, बिहीबार १५:१९
410 Views

प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् । बन्दीको सपथ दिउँसो २ बजेका लागि तय भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

संविधानको धारा ७८ अनुसार प्रधानमन्त्रीको सिफारिसमा गैर सांसदलाई राष्ट्रपतिले मन्त्री नियुक्त गर्न सक्ने ब्यबस्था बमोजिम बन्दी मन्त्रि भएका हुन ।

यसरी नियुक्त भएको मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनुपर्छ । हाल दिलेन्द्र बडू कानुनमन्त्रीमा छन् ।

बन्दीलाई कानुनमन्त्री बनाएपछि दिलेन्द्र वडूलाई भने उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्रीको तयारी रहेको छ ।