१५ जेष्ठ २०७९, आईतवार / May 29, 2022

महोत्सवमा नायक बिराज भट्टको प्रस्तुतिमा झुमे दर्शक

सुशासन सम्पादक
४ बैशाख २०७९, आईतवार ०६:५६
87 Views

दैलेख । दैलेखमा जारी दैलेख पर्यटन महोत्सवको आठौ दिन शनिबार बहुचर्चित एक्सन नायक बिराज भट्टले प्रस्तुति दिएका छन् ।महोत्सवमा बिराज आउने थाहा पाएपछि उनलाई हेर्न लामो समयदेखि दर्शक प्रतीक्षामा थिए ।महोत्सव हेर्न त्यहा ठूलो संख्यामा दर्शकको उपस्थिति रहेको थियो ।चर्चित नायक बिराज भट्टले चर्चित चलचित्रका डाइलगहरु सुनाएर दर्शकको हुटिङ्ग बटुलेका थिए भने डान्स गरेर पनि मनोरन्जन दिएका थिए। नायक भट्ट स्टेज चढ्ने बित्तिकै दर्शकहरुले हुटिङ्ग तथा ताली बाजाएर स्वागत गरेका थिए।

उनले नेपाली सिने जगतमा निकै चर्चित र ब्यवसायिक चलचित्रहरु दिएका छन् । उनले खुकुरी , हिम्मत , खलनायक , किस्मत , दादागिरी , लगायतका थुप्रै चलचित्रहरुमा काम गरिसकेका छन् ।

महोत्सवमा आर्कषकको रुपमा रहेका हास्य कलाकार तिर्थ भण्डारी दोहोरी गायक यामराज विष्ट गायक एमटी महरले दर्जन बढि गित गायर दर्शकलाइ भरपुर मनोरञ्जन दिएका थिए ।
जिल्लाको पर्यटन प्रवद्र्धनका लागि आयोजनामा गरिएको दैलेख पर्यटन महोत्सवमा लोकदोहोरी, स्थानीय लोक देउडा तथा नृत्य र साँस्कृतिक कार्यक्रम, पर्यटक लक्षित संस्कृति भेषभूषा तथा ऐतिहासिक पूरातात्विक प्राकृतिक धार्मिक विभिन्न पर्यटकीय क्षेत्रको उजागर र प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सव गरिएको दैलेख पर्यटन महोत्सवका संयोज हरि थापाले जानकारी दिए ।