१५ जेष्ठ २०७९, आईतवार / May 29, 2022

डोल्पामा एकीकृत समाजबादिका उम्मेदवार निर्बिरोध निर्वाचित

सुशासन सम्पादक
१२ बैशाख २०७९, सोमबार १९:०२
133 Views

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मनोनयन कै दिन नेकपा(एकिकृत समाजवादी)ले खाता खोलेको छ ।
समाजवादीका तर्फबाट उम्मेदवारी दिएका दुई गाउँपालिका अध्यक्ष र एक गाउँपालिका उपाध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।

समाजवादीका प्रदेश अध्यक्ष अम्मर बहादुर थापाले सुशासन खबर्लाइ दिएको जानकारी अनुसार काइके गाउँपालिका अध्यक्ष अङ्गत राना, छार्का ताम्सोङ गाउपालिका अध्यक्ष सेनाङ गुरुङ निर्विरोध भएका हुन् । त्यस्तै, डोल्पो बुद्ध गाउपालिका उपाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, एकिकृत समाजवादीका तर्फबाट उम्मेदवार बनेका ६ जना वडा अध्यक्षहरु पनि निर्विरोध भएका छन् ।