१५ जेष्ठ २०७९, आईतवार / May 29, 2022

गठबन्धन विपरीतका उम्मेदवारी फिर्ता गर्न शीर्ष नेताले गरे निर्णय

सुशासन सम्पादक
१४ बैशाख २०७९, बुधबार १४:०८
132 Views
Tata box 1
jagdamba cementकाठमाण्डाै । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूले देशभरि चुनाव तालमेलका लागि बुधबार सात बुँदे निर्णय गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ६ महानगर र ११ उपमहानगरमा गठबन्धन विपरीत दिइएका उम्मेदवारी सम्बन्धित पार्टीले फिर्ता बाेलाउने निर्णय गरेको छ।

invotechगठबन्धन दल भित्रका पार्टीका नेताहरूले स्वतन्त्र रूपमा दर्ता गरेका उम्मेदवारी फिर्ता गर्न सम्बन्धित पार्टीले आवश्यक निर्देशन गर्ने निर्णय पनि गरिएको छ।

केन्द्रबाट भागबन्डा भएका ६ महानगर र ११ उपमहानगरका वडाको सिट बाँडफाँटका लागि आजै प्रदेश र जिल्ला संयन्त्रको बैठक बसेर समझदारी गर्ने अर्को निर्णय भएको छ।