१५ जेष्ठ २०७९, आईतवार / May 29, 2022

पक्राउ परे भाइरल म्यादी प्रहरी

सुशासन सम्पादक
२१ बैशाख २०७९, बुधबार १८:०८
162 Views

२१ वैशाख, काठमाडौं ।  सामाजिक संजालमा म्यादी प्रहरी बारे गलत सन्देश जाने गरी भिडियो बनाई  टिकटकमा अपलोड गर्ने युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले फेसबुक र टिकटकमा भाइरल भिडियोमा देखिएका युवक वाणगंगा नगरपालिका का १६ वर्षीय नवराज रेग्मीलाई पक्राउ गरेको हो ।

भिडियोमा म्यादी प्रहरीको पोशाकमा देखिएका उनले ‘आफू मिदीमा भर्ना भएको’ भन्दै गाँजा खादा पनि केही नहुने र जे सुकै नराम्रा गतिबिधी गर्दा पनि फरक नपर्ने  बताएका थिए । उनले बनाएको रमाइलो भिडियो सयौंले शेयर  समेत गरेका थिए ।

भाइरल भए पछि अनुसन्धान थालेको प्रहरीले रेग्मीलाई पक्राउ गरेर हिरासतमा राखेको कपिलवस्तुका एसपी दानबहादुर कार्कीले बताए । उनका अनुसार प्रहरी पोशाकको दुरुपयोग र सार्वजनिकरुपमा गाँजा खाने र खुवाउने कुरा गरेपछि पक्राउ गरिएको हो ।